• २०७५ चैत ५ गते, मंगलबार
०३:१४ am

मलेसिया गएका यादवको ट्रन्कमै खसेर मृत्यू, एक जना आइसीयूमा भर्ती

घाईतेलाई नजिकैको अस्पतालमा आईसियूमा भर्ना गरिएको छ । 


मलेसिया, १२ पुस । भर्खरै केहि दिन अघि मात्र विहेवारी गरेर कामको शिलशिलामा मलेसिया गएका एक नेपालीको ट्रन्क सफाई गर्ने क्रममा मृत्यू भएको जानकारी प्राप्त भएको छ । 

 

विहिबार साँझ नेपाली समय अनुसार करिब ७ः३० बजेको समयमा प्रदेश नं. २ रौतहट जिल्लाको अन्दाजी बर्ष २८ का सँतोष यादवको ट्रन्क सफाई गर्ने क्रममा रसायनिक (केमिकल) को गन्ध लागेर मृत्यू भएको जनाइएको छ । 

 

मलेसिया स्थित  Sin Kwang Plastic SDN BHD  कम्पनीमा कार्यरत कामदारहरुलाई विहिबार कम्पनीमा विदा भएको भन्दै सबै जना मिलेर ट्रन्क सफाई गरिदिन साईटका फोरम्यानले आदेश गरेका थिए । आदेश पाएलगत्तै उनीहरुले काम गर्न अग्रसर भएका थिए भने ट्रन्क सफाई गर्नमा लागेका थिए । ट्रन्क धेरै दिनदेखि त्यतिकै राखिएको थियो र त्यसभित्र केमिकलको ग्यास भरिएको थियो । प्लास्टिकमा राखेर ट्रन्क भित्रका फोहरहरु बाहिर फाल्ने क्रममा केमिकलबाट निस्कने ग्यासँले दुई जना बेहोस भएका थियो । एक सँतोष यादव र अर्का नाम नखुलेका युवक सिढी भरयाँगबाट ट्रन्कमै खसेका थिए । 

 

ट्रन्कमै खसेका दुवै जनालाई  बचाउको लागि त्यहाँ कार्यरत नेपाली कामदारहरुले फारम्यानलाई आग्रह गरी ट्रन्कलाई काट्नको लागि आदेश मागेका थिए । तर कम्पनीका प्रमुखले प्रहरीले आदेश नदिएसम्म ट्रन्क नकाटिने आदेश दिएपनि तबसम्म सँतोषले ज्यान गुमाइसकेका थिए । केही बेरपछि ट्रन्कलाई काटेर एक अर्का घाईतेलाई नजिकैको अस्पतालमा आईसियूमा भर्ना गरिएको छ । 

 

ट्रन्क सफाईको लागि चाहिने सेफ्टी तालित सहित कामको तालिम गुण समेत नभएका यीनीहरुलाई टर्न्क सफाईको लागि बलपूर्वक अह्राएका थिए । ट्रन्कमा खसेको बेलामै ट्रन्कलाई काट्न सकेको भए सँतोषको बाँच्ने सम्भावना थियो । तर प्रमुखले आदेश नदिएपछि सँतोषलाई हत्या गरिएको कामदारहरुले आरोप लगाउँदै केही घण्टा हडताल समेत गरिएको थियो ।

 

सँतोष रौहतहट जिल्ला निवासी हुन् । उनी केही दिन अघि मात्र विहेबारी गरेर घर चलाउनको लागि मलेसिया विदेशिएका थिए । यस बारे थप जानकारी आउन बाँकी छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस