धनुषाधाममा पनि यामाहाको शोरुम

२०७५ पौष १० मंगलबार
बेलुकी ६:३८ बजे
विनय कुमार यादव


जनकपुरधाम, १० पुस ।   धनुषाको धनुषाधाममा पनि आज एक कार्यक्रमबीच यामाहा शोरुमको उद्घाटन गरिएको छ । 

 

धनुषाधाम नगरपालिका वडा नं. १ मा सत्यम अटो जोन ले यामाहाको शोरुम धनुषाधाम बजारमै सँचालनमा ल्याएका छन् । उक्त शोरुमलाई धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले उद्घाटन गरेका हुन् ।

 

मेसिनरी क्षेत्रमा विश्वासिलो कम्पनी मानिएको तथा यातायात जगतमा फड्को मारेको यामाहा कम्पनीले जनकपुरधाम सहित ग्रामिण भेकमा पनि मोटरसाईकलको लागि शोरुम सँचालनमा ल्याएपछि ग्राहकलाई सहज बनाएको छ । 

 

सत्यम अटो जोन शोरुमका सँचालक चन्द्रमोद साहको अध्यक्षतामा आयोजना गरिएको एक समारोहबीच यामाहा शोरुमको उद्घाटन गरिएको हो । सो कार्यक्रममा बोल्दै नगका मेयर एवम् प्रमुख अतिथि मण्डलले ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल धनुषाधामको बजारमा शोरुम सँचालन गरेर चारचाँद लगाएको प्रतिक्रिया दिँदै सँचालक साहलाई शुभकामना एवम् बधाई ज्ञापन गरे । 


उद्घाटन समारोहमा धनुषाधाम नगरपालिका वडा नंं. २ का वडाध्यक्ष प्रभु नारायण साह,  ९ का सन्जिब यादव , सेन्चुरी बिकास बैंक बिरेन्द्र बजार शाखा मानेजर अ्मर कुमार साह , धारापानी ब्यपार संघका अध्यक्ष पाल्सङ योथ्पन,  ने क पा केन्द्रिय सद्स्य अशर्फी भिन्न्बार,  स.लो. ट्रेड युनियन महासंघ  प्रदेश २ का सह सचिब जगदिश महतो ,  लाभा इन्टरनेश्नलका सन्जय साह,  मा बि धारापानिका प्रअ प्रदिप सिंह  लगाएत स्थानीय व्यापारीहरुको उल्लेख  सहभागीता रहेको थियो । 

 

धनुषाधाममै यामाहाको शोरुम सँचालनमा आएपछि उक्त भेकका ग्राहकहरुले जनकपुरधाम आउनुपर्ने बाध्यतालाई नजरअन्दाज गर्न सकिने विकल्प पाएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०७५ पौष १० मंगलबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus