• २०७५ चैत ५ गते, मंगलबार
०३:३७ am

अब मोबाईल ईन्टरनेटबाटै खेती 


रौतहट, १० पुस ।  सुन्दा अपत्यारीलो लागे पनी रौतहटमा एकजना किशानले मोबाईल ईन्टरनेट बाटै व्यवासायीक रुपमा मेवा र कुरीलो खेती गरेका छन ।

 

जिल्लाको पश्चिम दक्षिण मौलापुर नगरपालिका ८ सोनरनियाका किशान रामेश्वर पण्डित कुम्हारले गत बर्ष देखी व्यवासायीकरुपमा मेवा र कुरीलो खेती सुरु गरेका छन ।ईन्टरनेटको माध्यमले सबै जानकारी लिएर सुरुगरेको पहिलो बर्ष  मेवा र कुरीलो खेती बाट मनग्य आम्दानी भए पछी यस पटक भने खेती बिस्तार गरेका छन ।आफनो पुस्तैनी जग्गा कम भएपनी प्रतीकठा बार्षिक २५सय रुपैया दिएर पण्डितले यस पटक दुईबिगहा उन्नत जातको मेवा र दुई बिगहा कुरीलो खेती गरेको बताए ।

 

मोबाईल ईन्टरनेट बाट सर्च गरेर गतबर्ष देखी १० कठा जग्गामा कुरीलो र १० कठा जग्गामा मेवा खेती सुरु गरेको थिए ।सबै खर्च कटाएर प्रतिकठा कुरीलो बाट बार्षिक ५०हजार र मेवा बाट सोही अनुपातमा आम्दानी भएपछी यस पटक दुबै खेती बिस्तार गरेको किशान पण्डितले जानकारी गराए ।

 

 

रोपेको ७ महिना भित्र फल्न सुरुभएको मेवा प्रति किलो ८०देखी एकसय१० सम्ममा करीव २५ कुईन्टल काठमाण्डौमा बिक्रि गरीसकेको बताए ।त्यसैगरी गतबर्ष कुरीलो दुईसय रुपैया प्रतिकिलो देखी काठमाण्डौमा १२सय किलो सम्म बिक्री गरेको पण्डितले बताउछन । गतबर्ष कुरीलो निस्कन सुरुभएपछी काठमाण्डौका ब्यापारीले मात्र दुईसयको किलोले खरीद गरेका थिए ।


पछी बजार बुझदै आफनै एकजना मानिस काठमाण्डौमा राखेर बेच्न लगाउदा प्रतिकिलो १२सय सम्म हातमा आएको बताए ।दुईबिगहा मेवा र दुईबिगहा कुरीलो खेती गर्न हालसम्म झण्डै १५लाख रुपैयाको लागत भैसकेको बताउदै पण्डितले अब मेवा र कुरीलो बाट आम्दानी सुरुहुँदा सहज भएको बताए ।मेवाको बिउ प्रतिकिलो १०लाख रुपैयाको दरले खरीद गर्दाको समय ठुलो जोखिम थियो तर एकजना पसलले बिउको ग्यारेन्टी लिए पछी समस्या नभएको उनको भनाई छ ।

 

हुन त पहाड तिर हुने कुरीलो खेती तराईको माटोमा गर्ने जोखिम थियो तर खेती गर्दै जाँदा कुरीलो खेतीको लागी तराईको बलौटे माटो उपयुक्त रहेको किशान रामेश्वर पण्डितले अनुभव साटे ।उनले मेवाको एउटा बिरुवा दुईबर्ष सम्म रहने र एउटा बोटमा एककुईन्ट ३० किलो फल्ने बिउ कम्पनीको ग्यारेन्टी रहेको उनले बताए ।

 

त्यसैगरी मानव शरिरको लागी अत्यधिक पौष्टिक आहार तथा जडीबुटीको रुपमा मानिने कुरिलो लाई संस्कृतमा ईन्द्रणी र अंग्रेजीमा स्पारागस भनिन्छ ।कुरीलो रोपेको बर्ष देखी माथी फल्न थाल्ने र दुईबर्ष पछी जरामा फल्ने जडीबुटी लाई स्थानिय भाषामा सन्ताउरी ममोरा भनिन्छ । सन्ताउरीमा अत्यधिक मात्रामा प्रोटिन पाउने हुँदा यसलाई महिला र पशुको लागी दुग्द्ध बर्धक औषधीको रुपमा पनी प्रयोग गरीन्छ ।

 

एकपटक टिपेको कुरिलो १०।१२ दिन सम्म सुरक्षित रहेने र उनले फलाएको उन्नत जातको मेवा ३० दिन सम्म सुरक्षित रहने बताए ।ब्यवशाईक मेवा र कुरीलो खेतीमा किशान रामेश्वर पण्डित,उनका दुईजना छोराहरु दैनिक आफै खटेका छन भने दैनिक तिन चारजना मानिस लाई रोजगारी समेत दिएका छन । यसरी जिल्लामै सम्भवत पहिलो पटक ब्यवशाईक रुपमा सुरु गरीएको मेवा र कुरीलो खेतीको लागी हालसम्म सरकारी स्तर तथा स्थानिय निकाय बाट कुनै प्रकारको सहयोग न पाएको किशान पण्डितले गुनासो गरेका छन । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

सँजय सहनी

संवाददाता

प्रदेश नं. २, रौतहट - नेपाल

सँजय सहनी || प्रदेश नं. २ को रौतहटबाट न्यूज ब्यूरोका लागि संवाददाता हुन् | रौतहटबाट जानकारी र समाचारको जिम्मेवारी उहाँका हुन् | मोबाईल नंं :+9779855040872 | उहाँलाई समाजिक सञ्जाल फेसबुक र टवीटरमा पनि भेटन सकिन्छ |

प्रतिकृया दिनुहोस