• २०७५ माघ ९ गते, बुधबार
०८:३२ am

मधेश सरकारलाई खुल्ला चुनौति : किसानको लागि दिएको गहुँको वीउ भारतमा विक्री

भारतमा विक्री गरेका कारण किसानहरु अनुदानको विउबाट वंचित

 

रौतहट, १० पुस ।  सानका लागी सहुलियत दरमा प्रदेश सरकारले उपलब्ध गराएको गहुँको बीउमा व्यापक भ्रष्टाचार भएको छ । सहूलियत दरमा किसानका लागि प्रदेश सरकारले रौतहटमा राष्ट्रिय बीउ बिजन कम्पनीबाट पठाएका ५९ मैट्रिक टन गहुँको बीउ डीलरहरुले महंगो मूल्यमा बिक्री गरी रहेका छन ।


    गहु रोप्ने बेला हुन लाग्दा समेत किसानले बीउ नपाए पछि उनीहरु चिन्तीत भएका छन । जिल्लामा रहेको कृषि सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउन कृषि ज्ञान केन्द्रले गौर, गरुडा, शिवनगर, चन्द्रनिगाहपुरमा अनुदानको बीउ पठाएको थियो तर सो बीउ किसान सम्म नपुग्दै डीलरहरुले गायब पारेका छन ।


    गहुँको बीउ लगिएको डीलरहरुले संस्थामा रहेका व्यक्तिहरूलाई बढी बीउ दिइएको देखिए पनि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन । गहुँको बीउ लिन भनेर किसान पटक पटक धाउदा पनि बीउ नपाएको हजमिनियाका स्थानिय रमेश साहले बताए । किसानका लागि आएको सहुलियत अनुदानको बीउमा अनियमितता हुदा पनि सरकार गम्भीर नभएको साहको आरोप छ । 


    प्रदेश सरकारको कृषि राज्य मन्त्री योगेन्द्र राय यादवको गृह क्षेत्रका किसानहरुले नै सहुलियतको बीउ महङ्गोमा किन्नु परेको गुनासो गरेका छन । कृषि राज्यमन्त्री यादवले आफ्नै क्षेत्रका किसानको लागी समेत नसोचेको भन्दै स्थानियलृ आक्रोश व्यक्त गरेका छन । 


४४ रुपैयाँ प्रतिकिलोका दरले बिक्री गर्ने मूल्य निर्धारण गरेर प्रदेश सरकारले किसानका लागि पठाएका विउ डीलरहरुले कालाबाजारी गरेर भारतमा विक्री गरेका कारण किसानहरु अनुदानको विउबाट वंचित भएका हुन् ।


रौतहटमा ५९ मैट्रिक टन अनुदानको विउ आएको जिल्ला कृषि ज्ञान केन्द्रका रौतहटका प्रमुख राजनारायण यादवले बताएका छन् । ज्ञान केन्द्रका प्रमुख राजनारायण यादवले चाहिएको जति बीउ उपलब्ध नभएको जनाएका छन् । जिल्लाबाट सिफारिश गरिएको २७५ मैट्रिक टन मध्ये ५९ मैट्रिक टन मात्र आएको यादवले जनाएको छ ।


सहकारी सस्था दर्ता गराएकाहरुले सस्तो मूल्यमा दिनु पर्ने विउ आफ्नो आफन्त, नाता गोताका व्यक्तिलाई दिएर विउको आभाव सृजना गरी अहिले ९० रुपैयाँ प्रतिकिलोका दरले विक्री गरिरहेका छन् ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस