सर्लाहीमा १ युवकको विभत्स हत्या !

धारिलो हतियारले टाउको क्षत विक्षत बनाएको अवस्थामा शव फेला परेको

२०७५ पौष ७ शनिबार
दिउसो १२:२३ बजे
न्यूज ब्यूरो, सर्लाही ।

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा एक युवकको विभित्स हत्या गरिएको छ । सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित बरहथवा नगरपालिका–५ का विलास महतोका ३० वर्षीय छोरा मालिक महतोको विभित्स ढंगले हत्या गरिएको हो ।

 

धारिलो हतियारले टाउको क्षत विक्षत बनाएको अवस्थामा घर नजिकैकै सडकमा शनिबार बिहान महतोको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

हत्या घटनाबारे बिहान ४ बजे थाहा भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक आमोद खैरवारले जानकारी दिए ।

 

नयाँरोड–बरहथवा सडकखण्डबाट हात्तीडण्डा तर्फ जाने भित्रीबाटोमा टाउको क्षत विक्षत भई घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको हो ।

 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७५ पौष ७ शनिबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus