युवाहरूलाई उपयोग होईन अवसर प्रदान गरियोस् !

२०७५ पौष ५ बिहीबार
बिहान ०९:३२ बजे
  आदित्य नेपाल |  युवा अभियन्ता
फाईल तस्विर

 

विगतका समयदेखि नै हेर्ने हो भने युवाहरू हरेक क्षेत्रमा, हरेक निकायमा, अहम् र महत्वपूर्ण भुमिका खेल्दै आएका छ्न । चाहे त्यो राजनीतिक क्षेत्र होस् , अथवा संस्थागत क्षेत्र ! युवाहरूलाई सहभागी गराउन थुप्रै कसरतहरु विगतदेखि वर्तमानसम्म भइरहेकै हो ।


                     युवाले सडकमा थाल ठ्टाउँदा मात्र केही न केही परिवर्तन भएकै हुन्छ । हिजो युवाले छातीमा गोली थाप्दा २००७ सालको परिवर्तन, २०३६ सालको जनमतसंग्रह, २०४६ सालको प्रजातान्त्रिक आन्दोलन होस् या २०६२/६३ को जनआन्दोलन सफल भएकै उदाहरण छ हामीसँग । यस्ता परिवर्तनमा आफ्ना नेताहरुको आज्ञालाई शिरोपर गरेर सबभन्दा अगाडि छाती थाप्न सक्ने आँट र विश्वास युवामा नै हुँदोरहेछ । यसले के देखाउछ भने परिवर्तनका बलियो आधार भनेकै युवा जमात नै हो ।


                 संविधान निर्माणताका गरिएको मधेस आन्दोलनमा समेत थुप्रै मधेसी युवा नेताहरूले आन्दोलनका मोर्चा समालेका थिए । तिनकै आँट र नेतृत्वले तत्कालीन सरकारको सबैखाले रवैयाहरु परास्त भएका थिए । र थुप्रै मधेसी जनताहरुले आफ्नो ज्यानको आहुती दिनुपर्यो, त्यसमा अधिकांश युवाहरूको जमात नै थिए ।


 देशमा भएका यत्रो परिवर्तन युवाहरूले नै ल्याएका हुन भन्न बुढाहरुलाई त्यत्ति धेरै चित्त नदुख्ला ,तर पनि युवाहरूको अनुहार अगाडि आउन सकेको छैन । पार्टीका शिर्ष नेताहरू युवाहरूलाई निर्देशन दिन्छन् अनि आन्दोलन सफल भएपछि भाषण गर्नमात्र आउँछ्न र आन्दोलन असफल हुँदा भूमिगत भए जसै हराउँछन । 


तर चाहे चरम दमनको बेला होस् या संकटकालिन र सेना परिचालनको अवस्था होस् सरकारी प्रशासन विरुद्ध लड्ने, गैरन्यायिक कानुनका विरुद्ध सडकमा उत्रिने यिनै युवाहरू नै हुन्छन् । यति हुँदाहुँदै पनि युवाहरू सधैंभरि झैँ उपयोग नै भइरहेका छ्न । के युवामा देश हाक्ने क्षमता हुँदैन ? के युवाले देशको नेतृत्व गर्न सक्दैन ?


                             युरोपेली र अफ्रिकी मुलुकहरुमा देशको कार्यभार समाहाल्न युवाहरूलाई नै विशेष प्राथमिकतामा राखिन्छ, त्यसैले त उनीहरु हामी भन्दा धेरै अगाडि छ्न । युवामा नयाँ जोश, उमंग, आँट, आधुनिक सोच हुने गर्द्छ जसले गर्दा बिकास तिर उन्मुख चाडैं हुने गर्छ्न । तर हाम्रो तिर ठिक उल्टो, ६५ वर्षको बुढापाकाहरु पनि हामी अझैसम्म युवा नै हौँ भनेर फुर्ति लगाउँछन् अनि कसरी होस त देशको बिकास ? देशमा रोजगारीको अवसर नपाएर युवाहरू विदेश पलायन हुनथाले बाकी पढेलेखेका युवाहरू राम्रो पैसा र आनन्दित जीवन जिउन ठुल्ठुला देश भित्रिदै छ्न । 


यस्तो अवस्थामा पनि युवाहरूलाई प्रेरित गरिएन भने, देशप्रतिको मायालाई बुझाउन सकिएन भने देशको अवस्था दिनदिनै दयनीय हुनजान्छ भनेर भन्दा फरक नपर्ला ।


                       विगत ६ महिनाको अवधिमा इन्धनमा १९ रुपैयाँ भाउ बढ्यो, तरकारीमा २०० प्रतिशत जति, ६० प्रतिशत खाद्यान्नमा र ४० प्रतिशत निर्माण सामग्रीहरुमा ह्वात्तै मुल्यवृद्धि भयो । तर यी विषयमा अहिलेका युवा-विद्यार्थीहरु छलफल गर्न रुचाउँदैन्न । बरु होटेलका परिसर, क्याफेमा बसेर ती युवाहरू चिया, चुरोट र स्न्याक्स खाइरहेका देखछौँ । फेसबुकमा कसले के स्टाट्स लेख्यो आ(आफ्ना मोबाईल हेरेर आत्मरञ्जित भइरहेका पाउँछौं । 


काठमाडौंमा मात्र होईन मधेसमा पनि त्यस्तै अवस्था छ । यहाँ पनि युवा नेताहरू पानमसला पसल र चिया पसलमै ब्यस्त देखिन्छन् ।

 

                                            आदित्य नेपाल 
                                             युवा अभियन्ता

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७५ पौष ५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus