पेस्तोल सहित धनुषाबाट एक युवक पक्राउ

हात हतियार खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान

२०७५ पौष ४ बुधबार
बेलुकी ६:३७ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले पेस्तोल सहित एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 


बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गर्दै धनुषा जिल्ला हँसपुर नगरपालिका वडा नं. ७ नौवाखोर बस्ने बर्ष ३१ का बच्चन भन्ने बेचन मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

 

मँगलबार दिउँसो करिब ३ बजेको समयमा हँसपुर नगरपालिका वडा नं. ५ निकाल चोकमा हतियार सहित ती युवक भएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिगएको टोलीले उनलाई चेकजाँच गर्दा 9 MM  को राउण्डल लाग्ने १ थान पेस्तोल सहित पक्राउ गरेको हो । 

 

पक्राउ परेका मण्डलको साथबाट 9 MM म्यागजीन १ थान, 9 MM को राउण्ड ६ थान, ज ६ प ५१९२ नम्बरको होण्डा कम्पनीको ११० सिसीको ड्रिम मोटरसाईकल र एक थान स्यामसँग कम्पनीको मोबाईल बरामद भएको प्रहरीले जनाएको छ । 

 

पक्राउ परेका मण्डललाई हात हतियार खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७५ पौष ४ बुधबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus