घरबाटै नागरिकता र पासपोर्ट बाँडने तीन कर्मचारी पक्राउ !

अन्य व्यक्तिको पनि संलग्ता भएको प्रहरीको अनुमान

२०७५ पौष ३ मंगलबार
दिउसो १२:२४ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । सरकारी कागजात किर्ते गरी नक्कली नागरिकता र राहदानी  घरमै बनाउने गिरोहका थप तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषामै कार्यरत नायब सुब्बा भुला मण्डल, कार्यालय सहयोगीद्वय अरुण कुमार यादब र वीरेन्द्र चौधरी छन् । यसअघि सोही कार्यालयका एक सहयोगी र एक वडा सदस्यसहित चार जना पक्राउ परेका थिए । उनीहरुको साथबाट राहदानी, नागरिकता, जन्मदर्ता फारम, नागरिकता सम्बन्धी विभिन्न अनुसुची, होलोग्राम, विभिन्न छाप लगायतका कागजात समेत प्रहरीले बरामद गरेको थियो ।

 

पक्राउ परेकाहरुले दिएको वयानको आधारमा जिल्ला प्रशासन कार्यालय धनुषाकै थप तीन जनालाई आईतवार पक्राउ गरिएको धनुषाका एसपी गोविन्द थपलियाले जनाए । उनले तीनै जनामाथि थप अनुसन्धान भइरहेको बताए ।

 

जनकपुरधाम उपमहानगरपालिका २० मा डेरा भाडामा लिएर नक्कली नागरिकता र राहदानी बनाउने कार्य भइरहेको सुचना गत विहिबार प्रहरीले पाएको थियो । सुचनाकै आधारमा प्रहरीले उक्त डेरामा छापा मारेपछि स्थानीय रोशन चौधरी, जनकपुरधाम ४ का ४२ वर्षिय महाबिर मण्डल, रौतहटको दुर्गाभगवती गाउँपालिका ४ घर भइ हाल जनकपुरधाम ४ मा बस्दै आएका हेमन्तकुमार पाण्डे र धनुषाकै औरही गाउँपालिका ५ का ४९ वर्षिय गंगा साहलाई प्रहरीले पक्राउ गरेका थिए । चारै जनामाथि सरकारी कागजात किर्ते अभियोगमा कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

 

नक्कली कागजात बनाउने गिरोहका सात जना पक्राउ परिसकेको र अन्य व्यक्तिको पनि संलग्ता भएको प्रहरीको अनुमान छ ।

उनीहरुबाट करिब सयौं मानिसले नक्कली नागरिकता र राहदानी बनाएको पनि खुलेको छ । नक्कली नागरिकता र राहदानी बनाएका व्यक्तिलाई पक्राउ गर्न भने चुनौती देखिएको छ । ‘नक्कली नागरिकता लिएकाहरुको पनि खोजी प्रकृया अगाडी बढाईनेछ’ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले भने, अवैध प्रकृयाबाट नागरिकता प्राप्त गर्नेहरुलाई समेत कार्वाहीको दायरामा ल्याईनेछ । उनले जिल्लामा सुधार गर्न पहिलो प्रयास प्रशासन कार्यालयबाटै भएको बताए ।

 

नागरिकताका लागि आवश्यक सम्पूर्ण कागजात र छापहरु सक्कली भएपनि अवैध रुपमा प्राप्ति गरेकाले कार्वाहीको दायरामा पर्ने भएका छन् ।स्रोतहरुका अनुसार प्रशासन कार्यालयका अझै केहि कर्मचारीहरु तान्न सकिने संभावना छ । जनकपुर टुडेमा समाचार छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७५ पौष ३ मंगलबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus

} }