तीन हप्तादेखि एक नेपालीको शव साउदीमै, परिवार पीडामा !

सरकारले शव चाँडो ल्याउने व्यवस्था मिलाइदिएको भए काजकिरिया गर्न हुन्थ्यो

२०७५ पौष ३ मंगलबार
बिहान १०:१५ बजे
न्यूज ब्यूरो, डेस्क
साँकेतिक तस्विर मात्र ।


न्यूज ब्यूरो, बाँके ।  खाडी मूलूक साउदीमा हृदयघातका कारण मृत्यू भएका एक नेपालीको शव (लास) विगत ३ सातादेखि साउदीमै रहेका कारण परिवारजन पीडामा छन् ।

 

साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका राप्तीसोनारी गाउँपालिका–१ कुुसुमका वेदनिधि चापागाईको निधन भएको तीन साता भएपनि शव अहिलेसम्म साउदी अरबमै राखिएपछि परिवारजनलाई झन पीडा भएको छ । 

 

समयमै शव नआउँदा उनको परिवारले धार्मिक संस्कारअनुसार गरिने काजकिरिया गर्न पाएका छैनन् । चापागाईंको परिवार शव कुरेर बसेको छ । “चाँडो शव ल्याइदिएको भए काजकिरिया गर्न हुन्थ्यो”, मृतककी पत्नी निर्मलाले पीडा सुनाउनुभयो । शव ल्याउन ढिलाइ हुँदा परिवार, आफन्तलगायतलाई थप पीडा भएको छ । दाजुको निधनको खबर पाएपछि मलेसियामा रहेका उनका भाइ बरुण पनि घर आईसकेका छन् । 


“एक महीनाको बिदा लिएर घर आएको हुँ”, उनले भने,  “सरकारले शव चाँडो ल्याउने व्यवस्था मिलाइदिएको भए काजकिरिया गर्न हुन्थ्यो ।” चापागाईं पाँच वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहको थिए । गत वैशाखमा आमाको निधन हुँदा काजकिरिया सकेर पुनः साउदी कामको शिलशिलामा पुगेका थिए । 


“कम्पनीले लिएको अन्तरवार्तामा पास भए, अब पुसमा बिदा मिलाएर घर आउँछु भनेका थिए ,” श्रीमान्सँग मङ्सिर ८ गते अन्तिम कुराकानी भएको सम्झिदै निर्मलाले भनिन् । शिक्षण पेशामा आबद्ध निर्मलाले केही वर्षअघि श्रीमानकै अनुरोधमा जागीर छाडिएकी थिइन । 

 

३ महिनादेखि शव साउदी अरबमै भएपनि कुनै निकायले उनको शव नेपाल ल्याउन पहल नथालेको आरोप परिवारजनले लगाएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७५ पौष ३ मंगलबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus

} }