गरिब र विपन्न ११ परिवारलाई २० लाख सहयोग

२०७५ पौष २ सोमबार
दिउसो ३:४९ बजे
संजय सहनी, रौतहट

 

संजय सहनी, रौतहट । विपन्न परिवारलाई व्यवसायको गर्नको लागि करीव बीस लाख बराबरको सहयोग गरेको छ ।


कतार च्यारिटीको सहयोग ग्रामीण विकास केन्द्र (आरडीसी) नेपाल रौतहटको आयोजनामा काठमान्डौको ११ विपन्न परिवारका नैकापका गोपाल रोक्का, सतुंगलका भिमबहादुर महर्जन, विशाल मिया, ममता निरौला, गीता खडका, कोटेश्वरका दिलकुमार गुरुङ, मोहम्मद फिरोज, बुढानिलकण्ठका अनिता थापामगर र ललितपुर चापागाँउकी रेणु गिरी, पञ्चकुमारी राई, खोकनाका मोते मियालाई खुद्रा किराना पसल खोल्न जनही एकलाख ८० हजारको दरले करिव बीस लाख बराबरको सहयोग हस्तान्तरण गरीएको हो । 


हस्तान्तरण कार्यक्रम पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुखआतिथ्य तथा आरडिसी नेपालको अध्यक्ष पारस हुसैनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गद आरडीसीका अध्यक्ष पारस हुसैनले, ११ जना विपन्न परिवारलाई किराना पसल संचालनकालागि आवश्यक सामग्री वितरण गरिएको बताएका छन् । 


त्यस्तै कार्यक्रमको सम्बोधन गर्दे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद् अतहर कमाल मुसलमानले कतार च्यारिटीको सहयोगको प्रशंसा गरेका थिए । कार्यक्रममा कतार च्यारिटीका नेपाल प्रतिनिधि अब्दुल अजिज्, इस्लामिक रिलिफका नेपाल निर्देशक तलाह जमाल, मुस्लिम अधिकारकर्मी मो. मकसुद राँकी, विश्व शिक्षाका समिन अख्तर, समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बराल लगायतको उपस्थिति थियो ।


सन् २०१५ देखि नेपालमा कतार च्यारिटी र इस्लामिक रिलिफले सहायता परियोजनाहरु चलाइरहेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७५ पौष २ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus