• २०७६ जेठ १० गते, शुक्रबार
०५:३० pm

नेपाल सरकारद्धारा नोटबन्दी, यी नोटहरु अब चल्दैन !

सरकारले प्रतिबन्ध लगाएपनि व्यवहारमा नोटको चलनचल्ती नरोकिने

Photo : sputniknews.com

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले केही नोटहरु नेपालमा प्रतिबन्ध गरेपछि थोक गरी राखेका नोटहरु भारततर्फ जान थालेका छन् ।

 

 सरकारले भारतीय रुपैयाँ २ सय, ५ सय र  १ हजारको नोटमा प्रतिबन्ध लगाएपछि भारतबाट आएका नोटहरु पुनः भारततर्फ नै फर्कन थालेका छन् । सरकारले १ सय बाहेकको नोटलाई प्रतिबन्ध गरिए लगतै नेपालबाट भारतीय मुद्रा भारतमै फर्किन थालेको छ ।

 

विगतमा भारतमा नोटबन्दी हुँदा नेपालमा करोडौ भारतीय नोट फसेको थियो ।भारु ५ र १ हजार दरका नेटा साट्न नेपालले भारतलाई आग्रहगर्दापनि हाल सम्म साटिएको छैन् ।भारतले प्रचलनमा ल्याएको २ सय, ५ सय र २ हजार दरको नोटलाई नेपालमा सरकारले प्रतिबन्ध लगाएपछि ठूलो दरका नोटहरु चोरीबाटोबाट भारतमै फर्किन थालेको छ ।

 

अवैध ढंगले भारत तर्फ लग्न थालिएको ५ लाख ६३ हजार ४ सय भारतीय रुपैया पर्सा प्रहरीले बरामद गरेको छ ।प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधु नेपालले जनाए अनुसार प्रहरीले बरामद गरेको नोट मध्ये ५ सय दरको १ हजार १ सय २४ थान र २ सय दरको ७ थान रहेका छन् ।

 

भारत बिहार राज्यको सीतामढी जिल्लाको जमुवा बस्ने गिरिधारी साहको ४० वर्षिय छोरा ओमप्रकाश साहले अवैध घोषित भएको भारतीय नोटलाई आफ्नो कम्मरमा बाँधेर लग्ने क्रममा प्रहरीले चेकजाचगर्दा नोट बरामद भएको नेपालले जनाए ।

 

पर्सा वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्यद्वारमा ईनर्वा पर्साबाट खटेको प्रहरी टोलीले साहलाई रुपैया समेत शनिवार नियन्त्रणमा लिएको थियो । प्रदेश प्रहरी कार्यालयबाट आईतवार जारी विज्ञप्तिमा साहले नेपालबाट भारत तर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

 

नेपाल सरकारले गत हप्ता भारतीय रुपैयामाथि प्रतिबन्ध लगाएको हो ।प्रतिबन्धित मुद्रा सञ्चित गरेकाहरुले भारत तर्फ पठाउन थालेको बताईएको छ ।पक्राउ परेका साहलाई मुद्रा सहित थप कार्वाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको प्रहरीले जनाएको छ । भारतीय मुद्रा प्रतिबन्धित भएपछि सीमा क्षेत्रमा व्यवसायीहरुलाई समस्या देखिएको छ ।भारतीय व्यवसायीहरुले नेपालमा ठूला दरका भारुमाथि प्रतिबन्ध लगाईएपछि समस्या आउने बताउँछन् ।

 

तर सीमा क्षेत्रमा त्यसको कारोबार जारी नै रहने छ ।विगतमा पनि नेपालमा ५ सय र १ हजार दरको भारु प्रतिबन्धित रहेको थियो ।बैंकिंग प्रणालीमा प्रचलनमा नरहेपनि ती नोटहरु व्यवहारमा चलेको थियो । सरकारले प्रतिबन्ध लगाएपनि व्यवहारमा नोटको चलनचल्ती नरोकिने व्यवसायी पवन यादवले जनाए ।

 

‘भारतीय पर्यटक अथवा व्यवसायीहरुले बोकेर आउने ठूला दरका नोट सीमावर्ती क्षेत्रमा मात्र नभै काठमाण्डु समेतमा लेनदेन हुनेछ’उनले भने, बैंकमा न साटिएला, तर होटेल लगायतका व्यवसायहरुमा कारोबार भई नै रहनेछ ।

 

नेपालीहरुपनि भारतमा जाँदा सय दरको भन्दा ठूलो दरका नोटहरु लिएर जान नै सहज महसुस गर्छन् ।सय दरको १० हजार नोट बोक्न एउटा मोटो गड्डी हुन्छ भने २ हजार दरको ५ वटा मात्र हुन्छ ।‘नेपालमा प्रतिबन्ध लगाईएपनि त्यसको कार्यान्वयन गर्न सहज छैन्’ व्यवसायी ललित बजाज भन्छन्, भारतीय पर्यटकहरुले बोकेर आउने ठूला दरका नोट होटेल व्यवसायीहरुले नलिए अहिले समस्या आउन सक्छ ।

 

सरकारले प्रतिबन्ध लगाएपछि पहिलो पटक साढे ५ लाख भारु प्रहरीले बरामद गरेको छ । जनकपुरबाट प्रकाशित हुने जनकपुर टुडे राष्ट्रिय दैनिकमा समाचार प्रकाशित छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस