मोतियाविन्दु अपरेशनको खर्च नगरपालिकाले तिर्छ : मेयर बरबरिया

चेकजाँचको लागि ३० रुपैयाँ दर्ता शूल्क तोकिएको छ

२०७५ पौष १ आइतबार
बेलुकी ७:५८ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्युरो, पुस १ गते । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले आँखाको मोतियाविन्दुको लागि चाहिने अपरेशन खर्च नगरपालिकाले बेहोर्न जनाएका छन् । 

 

सोमबार शहिदनगर नगरपालिकाको डुमरियाचौकमा हुने निःशूल्क आँँखा शिविरमा चेकजाँचको क्रममा मोतियाविन्दु भएको नगरभित्रको सर्वसाधारणलाई अपरेशनको लागि चाहिने रकम नगरपालिकाको कार्यालयले उपलब्ध गराउने बताएका छन् ।

 

आईतबार साँझ न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर बरबरियाले डुमरियाचोकमा सोमबार  विहान ९ बजेदेखि ३ बजेससम्म आयोजन गरिने निःशुल्क आँखा शिविरमा नगरभित्रका सर्वसाधारणहरुको चेकजाँचका साथै अन्य ठाउँका सर्वसाधारणहरुलाई समेत चेकजाँच  गरिने छ । मोतियाविन्दु ठहर भएको खण्डमा त्यसको अपरेशनको लागि हुुन आउने सम्पूर्ण खर्च नगरपालिकाको कार्यालयले बेहोर्ने बताए । 


जानकी आँखा अस्पताल जनकपुरधाम, तिलगँगा आँखा प्रतिष्ठान काठमान्डौँ तथा फ्रेडहोलोज फाउण्डेशन नामक सँस्थाको आयोजनामा धनुषाको डुमरियाचौकमा अवस्थित राप्रावि डुमरियाको परिसरमा शिविर बस्ने जनाइएको छ । 


चेकजाँचको लागि ३० रुपैयाँ दर्ता शूल्क तोकिएको छ भने स्थानीय तवरबाट ओम शक्ति समुदायिक अध्ययन केन्द्र विसरभोराले सहकार्य गरेको छ । सोमबार पुस २ गते चेकजाँच गरी मोतियाविन्दु ठहर भएको विरामीको लागि आउँदो पुस ९ र १० गते यदुकूहा स्थित नेपाल रेडक्रस सोसाईटि वृजलाल सोमित्रा आँखा अस्पतालमा शल्यक्रिया गर्ने जनाइएको छ । 


मोतियाविन्दुका विरामीहरुले अपरेशनको क्रममा चाहिने ओछयान विछयौना तथा खानाको व्यवस्था आफैँले गर्नुपर्ने हुन्छ भने शहिदनगर नगरपालिका भित्रको सर्वसाधारणहरु भएको खण्डमा अपरेशनको चार्ज नगरपालिकाले बेहोरिदिने छ । 


यस सन्दर्भमा थप्दै कान्छो मेयर बरबरियाले नगरलाई पूर्णतः स्वस्थ्य बनाउनको लागि यतिको सहयोग आवश्यक रहेको बताउँदै विकास जनताले अनभूति गर्नुपर्छ बताए । उनले नगरभित्रको जनता स्वस्थ्य रहे विकासको गतिलाई झन तिव्रता दिन सकिने बताए । विकासको पूर्वाधारको रुपमा रहेको स्वास्थ्य क्षेत्रलाई झन मजबुत बनाउनको लागि नगरपालिकाले नगरभित्रको जनताको लागि यस्तो कदम चाल्ने निर्णय सर्वसहमतिले गरेको जनाए । 

 

उनले भने, नगरपालिकाको बजेट रकम नगरपालिकाको जनताले तिरेको कर हो । र यस बजेट उपर उनीहरुकै हक अधिकार भएकोले नगरभित्रका गरिब, असहाय, अल्पसँख्यक असक्षमहरुलाई मध्यनजर गर्दै नगरपालिकाले अपरेशनको खर्च बेहोर्ने बताए । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा दुई दिने एथलेटिक्स प्रतियोगिता, मनोकामना बोर्डिँग स्कूल प्रथम

  • २०७५ पौष १ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  निजि विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त आयोजनामा दुई दिने एथलेटिक्स टुर्नामेन्ट सम्पन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा श्रीराम जानकी अन्तर्राष्ट्रिय रंगशालामा आयोजित सो एथलेटिक्स टुर्नामेन्टमा

पूरा पढ्नुहोस्

Bureau Menus

} }