चितवनलाई नमूना जिल्ला बनाउछौँ : अध्यक्ष दाहाल

२०७५ पौष १ आइतबार
बेलुकी ६:३४ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो,  चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको बसोबास रहेको र प्राकृतिक सम्पदाले धनी चितवनलाई विकासका दृष्टिले नमूना जिल्ला बनाउनुपर्ने बताएका छन् । 


सबैले आ–आफ्नो ठाउँबाट मिहेनत गरेर विकास निर्माण र समृद्धिको दृष्टिले चितवनलाई नमूना जिल्ला बनाउनुपर्नेमा आसा व्यक्त गरे । 
 भरतपुर महानगरपालिका पहारिलोटारमा रहेको भानु माध्यमिक विद्यालयमा आजदेखि शुरु भएको शैक्षिक, भौतिक तथा आर्थिक विकासका लागि सञ्चालित धनधान्यान्चल एवं विराट नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गरेको हो । 


जिल्लामा नारायणी, राप्ती, रिउ जस्ता महत्वपूर्ण नदी रहेको तथा यहाँका जनताको मनोबल उच्च रहेको भन्दै अध्यक्ष प्रचण्डले विकास निर्माण र समृद्धिका काममा सबैले दिल खोलेर अगाडि बढ्नुपर्ने बताए । जिल्लामा सडक कालोपत्रेसँगै तटबन्ध सहितको चक्रपथ निर्माण कार्यका लागि प्रक्रिया अगाडि बढिसकेको भन्दै उहाँले तल्लो तहबाट निगरानी राख्न आग्रह गरे । 


गत निर्वाचनको समयमा सडकको धुलोमा हिड्नु परेको चर्चा गर्दै उहाँले आगामी निर्वाचनसम्म यो समस्या भोग्नु नपर्ने बताए । आफू चितवन क्षेत्र नं ३ को सांसद मात्रै नभएर देशको पूर्वप्रधानमन्त्री, पार्टीको अध्यक्ष, संविधान निर्माण, निर्वाचन प्रक्रिया र सिङ्गो देशको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्ति भएकाले देशभर नै विकास र समृद्धि ल्याउन लागि परेको बताए । सो विद्यालय निर्माणमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने भन्दै उहाँले सबैले साथ र सहयोग गर्न आग्रह गरे । 


नेकपाका महासचिव विष्णु पौडेलले चितवनका जनताले आफ्नो प्रतिनिधिको महत्व बुझे पुग्ने बताउँदै उनले पानी, सडक, चक्रपथ लगायतका विकास निर्माणको चिन्ताबाट माथि उठेर केन्द्रबाट आएको बजेटको सही सदुपयोग गर्न आग्रह गरे । पाँच वर्षमा चितवन देशकै नमूना जिल्ला बन्ने महासचिव पौडेलले बताए । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुर पब्लिक स्कूलले मनायो १५ औँ वार्षिकोत्सव, गायक कमल खत्रीले झुमाए अभिभावक

  • २०७५ पौष १ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर पब्लिक स्कूलले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।  शुक्रबार एक समारोहको आयोजना गरी स्कूलले विभिन्न विद्यामा उत्कृष्ट गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण

पूरा पढ्नुहोस्

Bureau Menus

} }