जनकपुरधाममा 'योगी आदित्यनाथ'

जानकी मन्दिरमा पूजाआजाको लागि जाने कार्यक्रम तय

२०७५ मङ्सिर २६ बुधबार
बिहान १०:४१ बजे
विनय कुमार यादव

 

विनय कुमार यादव ।  जनकपुरवासीको बहुप्रतिक्षित अतिथि भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका हुन् । भर्खरै मुख्यमन्त्री योगी जनकपुरधाम विमानस्थलमा अवतरण गरेका हुन् । 

 

विवाहपञ्चमी महोत्सवमा सहभागी हुनको लागि योगी आदित्यनाथको जनकपुरधाम आउने कार्यक्रम अनुसार विहान १० बजेर ३८ मिनेटमा जनकपुर विमानस्थलमा अवतरण गरेका हुन् । योगीको विहान ११ बजे जनकपुरधाम आउने कार्यक्रम तय भएअनुसार समयभन्दा पूर्व नै विमानस्थलमा अवतरण गरेका छन् । 

 

योगीको स्वागतको लागि प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत लगायत सभामुख सरोज यादव सहित भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनल जनकपुर विमानस्थलमा प्रतिक्षामा रहेका थिए । योगीको स्वागतको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ । 

 

योगी जनकपुर विमानस्थलबाट सीधा विश्वप्रसिद्ध आस्थाको केन्द्र जानकी मन्दिरमा पूजाआजाको लागि जाने कार्यक्रम तय भएको छ । 

 


योगीको जनकपुरमा यस्तो छ सडक रुट 

 

जनकपुरधाम एयरपोर्टबाट सिधा जानकी मन्दिर पुग्ने कार्यक्रम योगीको तय भएको छ  । यस अन्तर्गत  जनकपुरधाम विमानस्थल बाट मुरली चोक–विषहरा चोक–कदम चोक–भानु चोक–शिव चोक–जनक चोक–जानकी मन्दिर त्यसपछि पुनः जनक चोक, शिव चोक हुँदै – भानु चोक– मिल्स एरिया–मधेश भवन ९जचुकालि०  सम्म त्यसपछि थापा चोक, प्रदेश प्रहरी कार्यालय हुँदै रंगभूमी बाहविघा मैदानमा सहभागी भएपछि पुनः सोही मार्ग भएर जनकपुर विमानस्थल फर्किने कार्यक्रम तय भएको छ । 


योगीको टोली फर्किए पनि श्रद्धालुहरुको सुविधालाई दृृष्टिगत गर्दै बुधवार रातिसम्म रिंग रोड र भित्री सडकहरुमा सवारी गुडाउन तथा पार्किङ्ग गर्न नपाइने प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषामा सशस्त्र प्रहरीका घुमुवा मण्डल र रामको असुली धन्दा, सेटिँग गरी भारत पठाउँछन दारु

  • २०७५ मङ्सिर २६ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका सशस्त्र प्रहरीका एसपी सरुवा भएलगत्तै सशस्त्र प्रहरीका घुमुवा सुरेन्द्र मण्डल र रँजीत रामले असुली धन्दालाई तीव्रता दिएका छन् ।  दक्षिणी धनुषामा सक्रिय रहेका सुरेन्द्र मण्डल र

पूरा पढ्नुहोस्

Bureau Menus

} }