• २०७५ चैत ७ गते, बिहीबार
११:११ am

गोलबजार व्यापार संघमा अग्रवालले मारे बाजी 


न्यूज ब्यूरो, सिरहा । गोलबजार व्यापार संघको निर्वाचनमा भरत अग्रवाल भारी मतान्तरले विजयी भएको छ । अग्रवाल ४ सय ३१ को मतान्तरले विजयी भएका हुन् ।

 

अध्यक्षका लागि अग्रवालले ९ सय ९८ मत प्राप्त गरी निर्वाचित भएका हुन् भने उनका निकटम प्रतिद्धन्दी जिवछ साहले ५ सय ६७ मत प्राप्त गरी पराजित भएका छन् । उनका प्यानलबाट महासचिवका लागि उम्मेदवारी दिएका साहेव अनवर भने मात्र १३ मतले पराजित भएको छ । महासचिवका लागि जिवछ साहको प्यानलबाट राकेश कुमार साह ७ सय ७३ मत प्राप्त गरी विजयी भएको छ । खसेको १६ सय ३ मतमा ३८ मत बदर भएको छ ।

 

शुक्रबार भएको मतदानमा संघमा आवद्ध रहेका १७ सय ७३ मतदाता मध्ये १६ सय ३ मतदाताले मतदान गरेका थिए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस