• २०७६ असार १० गते, मंगलबार
११:१८ pm

सुनसरीमा अन्डर १५ ग्रासरुट फुटबल फेस्टीबल सुरु


चन्दन रौनियार, सुनसरी । सुनसरीको दुहबीमा शनिबारदेखि अन्डर १५ (अन्डर फिटटिन) को ग्रासरुट फूलबल प्रतियोगिता सुरु भएको छ । 


सुनसरीको दुहवी स्थित  सरस्वती मा.वि.को खेल मैदानमा ग्रासरुट फुटबल फेस्टीबल सुरु भएको छ । सुनसरी जिल्ला फुटबल संघको आयोजनामा शनिवार सुरु भएको फुटबल फेस्टीबललाइ अखिल नेपाल फुटबल संघ र दुहवी नगरपालिकाले सहयोग गरेको छ ।


फुटबल फेस्टीबलबाट फुटबल खेललाइ अझ लोकप्रिय बनाउँने र साना–साना नानिहरुलाइ फुटबल खेलप्रति आर्कर्षित गराउने प्रमुख उदेश्य रहेको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवं सामुदायिक प्रहरी दुहबीकाअध्यक्ष दिपक राईले बताए । 


दुहवी नगरपालिकामा रहेको बिद्यालयहरुबाट ८ वर्ष देखि १४ वर्ष सम्मका वालवालिकाहरुलाइ २०७८ साल सम्म हरेक शनिवार प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।


दुहवी नगरपालिका मेयर बेदनारायण गच्छदारले फुटबल फेस्टीबलको उद्घाटन गर्नुहुँदै दुहवी न. पा. ले खेलकुद विकासकालागि छुट्टै प्याकेजको व्यवस्था गर्नुका साथै दुहवीमा रहेको उद्योगीहरुसँग समन्वय गरेर दुहवीमा स्थानिय स्तरबाट राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने योजना रहेको जानकारी दिए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

चन्दन रौनियार

संवाददाता

प्रदेश नं. १, सुनसरी - नेपाल

चन्दन रौनियार || न्यूज ब्यूरोका प्रदेश नं. - १ सुनसरीबाट प्रतिनीधित्व गर्दै हुनुहुन्छ । प्रदेश नं. १ बाट विशेष सुनसरीबाट उहाँ न्यूज ब्यूरोको लागि समाचार र सुचना प्रवाह गर्दै आइरहनुभएको छ | मोबाईल नं. +9779842404257

प्रतिकृया दिनुहोस