आर्मी मेडिकल कलेजको गैर न्यायिक ४९ सिट खारेज गर्न माग

२०७५ मङ्सिर २२ शनिबार
बिहान ११:३९ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । आर्मी मेडिकल कलेजमा अवैद्यानिक एवम् गैर न्यायिक रुपमा भर्ना गरिएको ४९ सै सिटलाई खारेज गर्न माग गरिएको छ । 

 

मधेसी चिकित्सक संघका प्रवक्ता डा. विनय पँजियारले आर्मी मेडिकल कलेज सानो भर्याङमा आर्मिहरुले दादागिरी गर्दै कुलप्राप्त १०० वटा सिटमध्ये ४९ वटा सिटहरुमा दर्जागत सिटहरु तोकेर मेरिट क्रमलाइ पनि नजर अन्दाज गर्दै आफुखुसी कसैलाइ ५० प्रतिशत छुट त कसैलाइ ६५ प्रतिशत छुटका साथै कसैलाइ शत प्रतिशत छुट भन्दै गरेको सम्पूर्ण भर्नाहरु खारेजको माग गरेका छन् । 


उनले भने, "यस्ता खाले प्रपञ्च रचेर गरेका सम्पूर्ण भर्नालाइ तत्कालै रद्द गरि , ती सम्पूर्ण सिटहरुमा IOM ले Open House Counselling गरि मेरिट आधारमा तत्कालै भर्ना लिनुपर्छ। यस्तो खाले गैर संवैधानिक नियमलाई संरक्षण गर्ने IOM का पदाधिकारीहरुलाइ समेत यो विसयमा चिन्तित भई तत्कालै गैर कानुनी तवरले भर्ना भएका सम्पूर्णको भर्ना खारेज गर्ने प्रकृया अगाडि बढाइयोस ।"

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७५ मङ्सिर २२ शनिबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus

} }