• २०७५ पौष २ गते, सोमबार
०५:४१ am

जनकपुरमा आमाले गरिन आफ्नै १६ वर्षिय छोरीको हत्या !

रिसमा आएर आफ्नै छोरीको हत्या गरेको

पत्रकार सम्मेलनमा आरोपित | तस्विर : टुडेपाटीबाट साभार

 

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आमाले आफ्नै छोरीको हत्या गरेपछि पक्राउ परेकी हुन् । 

 

जिल्ला प्रहरी कार्यालय धनुषाले विहिबार दिउँसो पत्रकार सम्मलेन गरी उनलाई सार्वजनिक गरेको हो । आफ्नै १६ वर्षिय छोरीलाई घाँटी थिचेर हत्या गरेको अभियोग प्रहरीले लगाएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापडा बस्ने १६ वर्षीय किशोरी सोनी मण्डलको हत्या गरेको आरोपमा उनकै आमा राज कुमारी मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो । 


पत्रकार सम्मेलनमा प्रहरीले दिएको जानकारी अनुसार, सोनीले आफुले चाहेको केटासँग विवाह गर्न आमाबुवासँग अनुरोध गरेकी थिइन । तर आमाबुवाले नमानेको र पछि उनीहरुबिच विवाद बढदै जाँदा उनकी आमा राज कुमारीले रिसमा आएर आफ्नै छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले जानकारी दिए । 


सोनीले मन पराएका केटासँग विवाह गर्नको लागि आग्रहका साथै सोनीले आफ्नी आमासँग समेत बोलचाल बन्द गरेकी थिइन भने उनले एउटै घरमा भिन्नै भान्सा पकाएर खाँदै आएकी थिइन् । 

मण्डल मन पराएको केटासँग भाग्ने डरले उनलाई केही दिन कोठामा थुनेर राखेकी आमाले झन विवाद बढेपछि उनको घाँटी थिचेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानको जानकारी सार्वजनिक गरेका छन् । 


घटनामा परिवारका अन्य सदस्यहरुको समेत संलग्नता हुनसक्ने भएकाले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाइएको छ । 


गत वर्ष मात्र जनकपुरधाम उपहानगरपालिका वडा नं. २ वकिल टोलमा धनुषाको धबौली बस्ने स्नेहा यादवलाई उनकै आमावुवाले मिलेर हत्या गरेका थिए । मन पराएको केटासँग विवाह गर्ने जिद्द गरेपछि स्नेहालाई उनको बुवाआमाले अन्य व्यक्तिको सहयोगमा हत्या गरी जलाएका थिए । 


त्यो घटनामा हत्याका अभियुक्त स्नेहाका वुवा सहित देविन्द्र यादव जेलमा छन् भने विदेह नगरपालिका वडा नं. ५ का लखन दास भने अदालतबाट हाजिर भएर बाहिर आएका छन् । यो घटना पुनः जनकपुरमै दोहरिएको हो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस