• २०७५ पौष २ गते, सोमबार
०७:०३ am

जनकपुर-पटना बसले ठक्कर दिँदा १ को मृत्यु, ३ गम्भीर  !

बस र चालकलाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

 

मनिष शर्मा . काठमान्डौँ  । महोत्तरीमा बसले ठक्कर दिँदा एक जनाको मृत्यू भएको छ भने अन्य तीन जना गम्भिर घाईते भएका छन् । 

 

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गएराति (बुधबार राती)  जनकपुरधाम - पटना बस सेवाको  बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन् । 


उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको छ भने भारत बिहारको सीतामढी जिल्लाको सुतिहारा बस्ने १८ वर्षीय सोनुकुमार ठाकुर, १६ वर्षीया चुनचुनदेवी ठाकुर र ३० वर्षीय मेघनाथ ठाकुर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

 

आक्रोसित स्थानीवासीहरुले बसको सिसा समेत फुटाएको छ । 

देब्रे हात भाँचिएको आँखा र टाउको चोट लागेका सोनुकुमार र देब्रे आँखा र हातमा चोट लागेकी चुनचुनदेवीको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ भने अनुहार तथा आँखामा गहिरो चोट लागेर घाइते भएका मेघनाथ ठाकुरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी उपरीक्षक कार्कीले थपे ।


जनकपुरधामबाट भारत बिहारको राजधानी पटनसम्म चल्ने  BR 06 PC 9251 नम्बरको बसले बुधबार राती करिब १० बजे जलेश्वर नगरपालिका– ३ मलिवारामा विपरीत दिशाबाट चार जना सबार ज ६ प १६५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

 

यता, प्रहरीले बस र चालकलाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस