• २०७५ पौष २ गते, सोमबार
०६:१९ am

युवा नेता साहको सम्मानमा दिपावली  


न्यूज ब्यूरो, रौतहट ।  रौतहटका नेकपाका युवा नेता शम्भु साहको सम्मानमा स्थानीयरुले दीप प्रज्वलन गरेका छन् ।


पाटी सचिवालयको सोमबार बसेको बैठकले  युवा नेता साहलाई पनि प्रदेश कमिटी सदस्यमा मनोनित गरेपछि उनका समर्थक ,कार्यकर्ता लगायत आफन्तजनले सामाजिक सन्जाल ,टेलीफोन र भेटघाट गरि बधाइ र शुभकामना दिइरहेका छन ।


सदरमुकाम गौर नगरपालिकाको स्थानीय चुनाबका मेयरका प्रत्यासी समेत रहेका साहको नाम प्रदेश कमिटीमा आए लगत्तै समर्थकहरुमा खुसीयाी छाएपछि उनीहरुले साहको सम्मानमा दीप प्रज्वलन गरेका छन् । 


साहको नाम प्रदेश कमिटिमा घोषणा भएको दिनदेखि नै समर्थकहरुले नगरपालिकाको विभिन्न चोक र आ आफ्नो गाउँ टोलमा मैन बति बाल्दै खुसियाली मनाइरहेका छन । 


यसै क्रममा बुधबार नगरपालिकाको वडा न ८ सिसवा टोल ,७ का पुरेनवा टोलमा पार्टी कार्यकर्ता र समर्थकहरुले मैनबति प्रज्वलन सहित नाचगान गरि खुसीयालि मनाएका छन् ।  युवा नेता साहको उनको मिहिनेत, जनताप्रतिको लगाव र पार्टी प्रतीको झुकाबको कारण उनलाई नेकपाले स्थान दिएपछि उनका समर्थकहरुमा उत्साह छाएको छ । 


यसअघि मगलबार गौरको बि पि चोकमामा युवाहरुको एक टोलिले खुसीयालि मनाएका थिए । वडा न ४का अध्यक्ष भुनेस्वर शाही सहित युवाहरु लडु पटेल ,अशोक पटेल, गनेश पटेल ,राजेश पटेल सहित सयकडौ युवाहरूले मैनबति , पटाखा पड्काइ  दिपावली गरेका थिए । 

 

सोहि दिन राजदेबि नगरपालिकाको बतसपुरमा पनि समर्थकहरुले खुसियाली धुमधामका साथ मनाएका थिए। नेता साहले भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश न २ को प्रदेश कमिटी सदस्यमा आफुलाइ आफनो मेहनत र लगनशीलताको कदर गरि सिफारिस गर्नुहुने सम्पूर्ण नेतृत्वकर्ताहरुमा धन्यवाद ज्ञापन गर्दै आफ्नो जिम्मेवारी अनुरुप काम गर्ने प्रतिबद्धता जनाएको छ । 
 


नेता साह सँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संगठन कमिटी, प्रदेश नम्बर २ को सदस्य पदमा रौतहटका ३२ जना मनोनीत भएका छन । जसमा, 

 

१ कमलराय यादव

२ जयरानी देबि सहनी 
३ दिलिपकुमार शाह
४ गुलावशखर शेख 
५ गिरिधारी मिश्र 
६ महेन्द्र चौलागाईं 
७ इन्द्रकुमार झा
८ सत्यनारायण भगत
९ उपेन्द्र शाह
१० अशोक जयसवाल
११ वीर बहादुर गोले
१२ देवेन्द्र पटेल 
१३ वहिद अन्सारी 
१४ त्रिभुवन शाह
१५ सुधीर यादव 
१६ विन्देश्वर यादव 
१७ विनोद काफ्ले
१८ कुन्दन कुशवाह
१९ सियाराम कुशवाह
२० राजन यादव 
२१ विपिन जयसवाल
२२ कविता शाह
२३ देवकी नेपाल
२४ रामानन्द महतो 
२५ हरिनारायण यादव 
२६ रेखा झा
२८ कमलेश झा
२९ कपिलदेव पटेल 
३० अब्दुल कलाम आजाद
३१ सचिदानन्द शाह
३२ उद्वव रेग्मी को नाम रहेको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

सँजय सहनी

संवाददाता

प्रदेश नं. २, रौतहट - नेपाल

सँजय सहनी || प्रदेश नं. २ को रौतहटबाट न्यूज ब्यूरोका लागि संवाददाता हुन् | रौतहटबाट जानकारी र समाचारको जिम्मेवारी उहाँका हुन् | मोबाईल नंं :+9779855040872 | उहाँलाई समाजिक सञ्जाल फेसबुक र टवीटरमा पनि भेटन सकिन्छ |

प्रतिकृया दिनुहोस