• २०७५ पौष २ गते, सोमबार
०५:४१ am

शिक्षा प्रणाली सुधारको लागि सरोकारबालाको बहस

 

विनय कुमार यादव, धनुषा । खस्किदै गएको शिक्षा स्थितिलाई सुधार गर्नको निम्ति धनुषामा सरोकारबालाहरुको गहन छलफल भएको छ । 


शिक्षा विकास समन्वय समितिको आयोजनामा धनुषाधाम नगरपालिका र गणेशमान चानाथ नगरपालिका भित्र स्थापित सबै समुदायिक विद्यालयको प्रधानाध्यापकहरु सम्मलित उक्त गोष्ठीमा शिक्षाको वर्तमान प्रणालीमा देखिएको समस्या र गुणस्तर बलियो बनाउने सम्बन्धमा बहस भएको छ । 

 

जिल्लाको समुदायिक विद्यालयहरुमा शैक्षिक अवस्था सुधार एवम् ग्रेडवृद्धि सम्बन्धमा विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गर्दै आ आफ्नो तवरबाट राय सल्लाहको अपेक्षा गरिएको थियो । 


धनुषाधाम नगरपालिका वडा नं. ९ वडा अध्यक्ष सँजीव कुमार यादवको अध्यक्षतामा मावि धारापानी विधालयमा आयोजन गरिएको एक दिने गोष्ठीमा नगरपालिका भित्रका विद्यालयहरुमा शैक्षिक गुणस्तर एवम् विद्यालयको ग्रेडवृद्धि सम्बन्धमा सुधारात्मक कदमको बारेमा गहन छलफल गरिएको शिक्षा विकास समन्वय समिति धनुषाका प्रमुख बरखु प्रसाद रजकले बताए । 


सो कार्यक्रममा प्रमुख आतिथ्यको आसनबाट बोल्दै प्रमुख रजकले नगर भित्रको शिक्षा प्रणाली र विद्यालयको कक्षा स्तरोन्ती गर्नको लागि कागजमा मात्र सीमित नराखी व्यवहारमा लागू गरे आफू स्तरोन्तीको लागि आवश्यक पहल गर्ने बताए ।

  
सो कार्यक्रममा वडाध्यक्ष यादवले आफ्नो वडाको विद्यालयमा कार्यक्रमको आयोजन गरिएकोप्रति खुसी व्यक्त गर्दै वडामा सँचालित विद्यालयको गुणस्तरियता बढाउने प्रतिवद्धता जाहेर गरे । 


समितिका प्रमुख रजकले सम्बन्धित विद्यालयका प्रअहरुलाई आत्मीयताका साथ काम गर्न आग्रह गर्दै गलत गरेको खण्डमा कारवाही समेत गर्ने निर्देशन दिए । 


सो कार्यक्रममा नासु अनिल यादव,  श्रोत व्यक्ति गणेशमान चारनाथ नपाका किरण गौतम,  धनुषाधामका श्रोत व्यक्ति उद्धव बहादुर आचार्य,  प्रअ प्रदिप सिंह,  धनुषाधाम नपा वडा नं. ६ का  वडा अध्यक्ष बन्दे लामा लगायत दुवै नगरपालिकाका सम्पूर्ण प्रधानध्यापकको उपस्थिति रहेको थियो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस