धनुषामाकै एक विद्यालयमा १० बर्षदेखि  डेस्क बेन्च छैन !

२०७५ मङ्सिर २० बिहीबार
बिहान ०९:३४ बजे
विनय कुमार यादव

 

न्यूज ब्यूरो, धनुषा ।   विगत १० वर्षदेखि नै धनुषा जिल्लाको एक विद्यालयमा छात्रछात्राहरुको लागि डेस्कबेन्च विहिन भएको सुन्दा खिन्न लाग्छ , तर सत्य हो । 


धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ सिसमपुर स्थित रहेको सामुदायिक राष्ट्रिय प्राथमिक विधालय सिसमपुरमा विगत १० वर्षदेखि नै डेस्कबेन्च रहेनछ ।  कक्षा १ देखि ५ कक्षा सँचालित उक्त विद्यालयको अवस्था भने अति दयनीय रहेको छ । 


दलित, अल्पसँख्यक, सीमान्तकृत समुदायको बालबालिकाहरुको सँख्या मोटो रहेपनि भौतिक पूर्वाधारकै अभावमा उनीहरुले विद्यालय सम्म पहुँच बनाएपनि शिक्षातर्फ अग्रसर हुन कठिनाई देखिएको छ । 


  शिक्षकको  अवस्था  

विद्यालयमा प्रधानाध्यापक (हेडमास्टर)  बद्री साह सहित  २ जना शिक्षक  र एक बालबिकास कोटामा कार्यरत रहेको छ । 

भौतिक अवस्था 

दुई  ओटा भवन, त्यसमा जम्मा ४ ओटा कोठा रहेका छ्न । दुई  भागमा अन्य कोठाहरु पनि जसमा पर्खाल लागिसकेको छैन । 
कक्षा १ देखि ५ कक्षा ५ सम्म कोठामा  डेस्कबेन्च छैन । बाल बिकास तिर  त  कार्पेट पनि  छैन । जाडोमा खुल्ला माटो उपर बस्नुपर्ने बाध्यता छ । एउटा कक्षामा २ ओटा कक्षा  चलाउदा अध्ययन अध्ययापनमा समस्या त्यतिकै छ । 


दलित र गरिब समुदायको बाहुल्या रहेको र त्यस आसपासमा त्यही विद्यालय रहेको छ । ७० जना छात्रा तथ ५५ जना छात्र विद्यालयमा नामाँकन गराएका छन् । जसमा गरिब समुदायका बढी रहेको छ । 


विद्यालयका निवर्तमान प्रअ बुधन साह छात्रबृती  बितरण गर्दा लुगा कपडाको  साटो पैसा बितरण गर्दा अहिले  स्कुल पोशाकमा  कमि  देखिएको छ भने वर्तमान  प्रअ  बद्री साहले  स्कुलको अवस्था दयनीय रहेको बताउँछन् ।

उनले भने, यहाँ आमदानी छैन, स्थानीय निकाय शिक्षा कार्यलय कसैले यहाँको अवस्था  बारेमा  बुझ्दा पनि सहयोग गरेका छैन  ।


प्रदेश सरकारले  बेटी पढाउ, बेटी बचाउ  अभियान चलाए पनि हाम्रो स्कुलमा  छोरी संख्या बढी भएकोले  ध्यानाकर्षण गरी गराइदिन आग्रह समेत गरे । 


विद्यालयमा करिब ६ वर्षदेखि व्यवस्थापन समिति समेत गठन भएको छैन भने स्थानीय सरकार लागू भएपनि स्थानीय सरकारले त्यस विद्यालयलाई नजरअन्दाज गरेको देखिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७५ मङ्सिर २० बिहीबार

Bureau Menus