• २०७५ पौष २ गते, सोमबार
०५:४१ am

 विवाहपँचमीमा सुनिलका साथै शारदा सिन्हा र मैथिली ठाकुरले दर्शक झुमाउने 

मैथिला क्षेत्रमा ख्याती प्राप्त शास्त्रीय गायक कुञ्जबिहारी मिश्र पनि आउने महन्थले जनाए । 

फाईल तस्विर

धनश्याम मिश्र , जनकपुरधाम ।  मंसिर २१ गते अर्थात् भोलीदेखि विधिवत रुपमा बाट सुरु हुन लागेको सप्ताहव्यापी सीताराम विवाह महोत्सवका लागि दिग्गज कलाकारहरुले प्रस्तुति दिने बुझिएको छ । 


विवाहपँचमीको लागि भारत युपीका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएपछि तथा प्रदेश सरकारले सहयोग गरेपछि मूल आयोजक जानकी मन्दिरले नेपाल र भारतका ख्याती प्राप्त कलाकारहरुलाई प्रस्तुतिको लागि आग्रह गरिएको बुझिएको छ । 


यसवर्ष गायन क्षेत्रमा पहिचान बनाएका जनकपुर स्थित मिथिला नाट्यकला परिषदका पूर्व अध्यक्ष एवम् गायक सुनिल मल्लिक र गायिका संगीता देव सहित भारतबाट आउने कलाकारहरुमा मैथिली भोजपुरीका प्रसिद्ध गायिका शारदा सिन्हाको नाम प्रथमिकतामा राखिएको छ । 

 

त्यस्तै कम उमेरमै गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल मैथिली ठाकुरलाई समेत विवाह पञ्चमीमा गायनका लागि आमन्त्रण गरिएको तिलोत्सव मूल समारोहका अध्यक्ष तथा जानकी मन्दिरका उत्तराधिकारी महन्थराम रोशन दास बैष्णवले जानकारी दिए ।

 

प्रसिद्ध गायिका सारदा सिन्हा विवाहको गीतको लागि चर्चित गायिका हुन भने मैथिली ठाकुर भारतमा आयोजित एक टिभी कार्यक्रम राईजिँग स्टारका विजेता पनि हुन् ।  त्यस्तै मैथिला क्षेत्रमा ख्याती प्राप्त शास्त्रीय गायक कुञ्जबिहारी मिश्र पनि आउने महन्थले जनाए । 


मैथिली गायनको क्षेत्रमा नेपाल भारत दुवै स्थानमा आफ्नो पहिचान बनाउन सफल रश्मी रानी, गायक संगीतकार धीरेन्द्र प्रेमर्षिको पनि सहभगिता रहने छ । नृत्य क्षेत्रमा देशविदेशमा परिचित नायिका डोली सरकारलार्इ पनि विवाह पञ्चमीमा आमन्त्रित गरिएको छ ।


सप्ताहव्यापी हुने कार्यक्रममा एकदिन नेपाल भारत महिला मैत्री संघ, तीन दिन भारतीय दुतावासको आयोजनामा रामलिला हुने कार्यक्रम तय भइसकेको जानकी मन्दिरले जानकारी दियो ।


आयोजक जानकी मन्दिरको आफ्नै आयोजनामा छूट्टै सात दिनसम्म भारतका चर्चित समूहद्वारा रामलीला हुने छ । 

 

रामलीला गर्ने कलाकारहरु जनकपुर आइपुगेको उत्तराधिकारी दासले बताए । कार्यक्रमहरु फुलवारी लीलादेखि नै जानकी मन्दिर र वरहविघामा हुने गरी तयारी थालिएको छ ।

आमन्त्रित कलाकारहरुले मिथिलाको परम्परागत भाकामा गीत गाउने र रामजानकीका लागि बनाइएका गीतहरुमा नृत्य गर्नेछन् । जानकी लीला, राम लीला र त्रेता कालीन् झलक आउने रामायणको सम्पूर्ण पाठसमेत हुने तयारी रहेको छ ।

 

जानकी मन्दिरमा अहिले दुर्इ दिन अगाडिदेखी नै सहनाई वादकहरुको एक समूह बिहान र वेलुकी मंगलधुन बजाइरहेको छ ।


 मिथिलावासीले जानकीलाई कोही छोरी त कोही बहिनीको रुपमा मान्ने भएकोले विवाह पञ्चमीलाई विशेष सांस्क़ृतिक उत्सवको रुपमा पहिलेदेखि नै मनाउँदै आएको हो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस