• २०७५ पौष २ गते, सोमबार
०६:५९ am

नेपाली सेनाको नक्कली लफ्टीनेन्ट बनेर ठगी गर्ने पक्राउ 


चन्दन रौनियार, सुनसरी ।   आर्मीको लफ्टीनेन्ट हुँ भन्दै हिड्ने नक्कली आर्मी पक्राउ परेका छन ।


 सुनसरीको दुहवीमा नेपाली सेनाको लफ्टीनेन्ट हुँ भन्दै ठगि गर्ने पक्राउ परेको हो । दुहवीमा बस्ने सुगम चन्द  ठकुरीले नेपाली सेनाको ड्रेस लगाएर विभिन्न कार्यक्रमहरुमा सरिक भइ अतिथि बन्दै सर्व साधारण तथा प्रहरीहरुलाइ धम्की दिने गरेको प्रहरी तथा स्थानियहरुको दाबी छ । 


ठकुरीले दुहवीको केहि ठुला–ठुला कार्यक्रमहरुमा समेत बिशिष्ठ अतिथि बनेर राजनितिक दलका नेता र बिशिष्ठ व्यक्तीत्वहरुलाइ समेत चक्मा दिएका थिए ।


 केही दिन अघि भएको एक कार्यक्रममा ठकुरी बिशिष्ठ अतिथि भएको समाचार सञ्चार माध्यमहरुमा आएपछि नेपाल आर्मीले ठकुरीमाथी बिषेस निगरानी राखेको थियो ।


 यसै क्रममा नेपाल आर्मीकै विशेष टोलीले ठकुरीलाइ पक्राउ गरेको हो । नेपाल आर्मीको अफिसर हुँ भन्दै हिडिरहेको अवस्थामा दुहवीबाट नेपाल आर्मीकै विशेष टोलीले नक्कली ल्यापटेनलाइ पक्राउ गरेको हो ।

 

नेपाल आर्मीको ल्यापटेन हुँ भन्दै युनिफर्म सहित आईडी कार्ड समेत बोकेर हिडिरहेको अबस्थामा सुगम चन्द ठकुरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय दुहवीका इन्स्पेक्टर रामनारायाण माझीले बताए ।

 

 पक्राउ परेका ठकुरीलाइ जिल्ला प्रहरी कार्यालयमा राखेर सरकारी कागज किर्तेमा मुद्धा दायर गर्ने म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

चन्दन रौनियार

संवाददाता

प्रदेश नं. १, सुनसरी - नेपाल

चन्दन रौनियार || न्यूज ब्यूरोका प्रदेश नं. - १ सुनसरीबाट प्रतिनीधित्व गर्दै हुनुहुन्छ । प्रदेश नं. १ बाट विशेष सुनसरीबाट उहाँ न्यूज ब्यूरोको लागि समाचार र सुचना प्रवाह गर्दै आइरहनुभएको छ | मोबाईल नं. +9779842404257

प्रतिकृया दिनुहोस