• २०७५ पौष २ गते, सोमबार
०५:४१ am

समाचारकै कारण ब्यूरोकर्मी यादवलाई 'टर्चर' 

यस सन्दर्भमा प्रदेशका डिआईजी हरि बहादुर पालले छानबिन गर्ने बताए ।

 

न्यूज ब्यूरो, जनकपुरधाम । त्रिनेत्र न्यूज नेटवर्क सञ्चार गृहद्धारा सँचालित न्यूज ब्यूरोका धनुषा संवाददाता विनय कुमार यादवलाई मानसिक यातना दिइरहेका छन् ।


स्थानीय केही भनौदा नेताहरुले समाचार लेखेकै कारण उनलाई भौतिक एवम् मानसिक  यातना दिइरहेको यादवले बताए । केही दिन अघि यादवले धनुषा धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुरमा एक पसलले पोटासमा बालुवा मिसाएर बेचेको तथा केही नेताहरुले १२ लाख रुपैयाँ जरिवान लिएर कुम्ल्याउन खोजेको समाचारलाई लिएर घरमा तोडफोड समेत गराएका थिए । 


यस्तो थियो त्यो समाचार :       मिसाबट गरेको भन्दै १२ लाख ५१ हजार जरिवाना, ४८ लाखको तमसुक  


स्थानीय केही नेताहरुले त्यो समाचारलाई निराधार बताएपनि ईलाका प्रहरी कार्यालय ढल्केवरले भने पुष्टि गरेका थिए । त्यसपछि आवेगमा आएका ती नेताहरुले यादवलाई गाली गलौज सहित नानाथरिले अप्रत्यक्ष धम्की समेत दिएका थिए । 


धम्की दिएको केही घण्टा नवित्दै त्यही राती पत्रकार यादवको घरमा उनीहरुले मानसिक यातना दिने दृष्टिकोणले तोडफोड सहित चोरी गराएका थिए । त्यसपछि एक जनालाई प्रहरीले पक्राउ गरेपछि घटना साम्य भएका थिए । 


पुनः केहीदिन पछि न्यूज ब्यूरोकर्मी यादवले धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसविघामा सँचालित समुदायिक विद्यालयको बारेमा समाचार लेखेपछि पनि तिनै नेताहरुले धैधम्की दिएका थिए । 

 

यस्तो थियो त्यो समाचार :   धनुषाधामको स्थानीय सरकारलाई 'जिरो भ्यालू' 

 

विद्यालयमा बालविकास कोटामा अवैद्य नियुक्ती गरेको तथा एक शिक्षकलाई अवैद्य तरिकाले विना रबानाको हाजिरी गराएको जस्ता समाचारहरु लेखेपछि उनलाई नियमित नेताहरुले फोनबाट धम्की दिँदै आएका थिए । 


पत्रकार यादवले यस क्षेत्रमा जटिलतलाई मध्यनजर गर्दै त्यसलाई पन्छाउँदै गएपनि गएराती मात्र उनलाई एक मोटरसाईकलको चारी आरोप लगाएर प्रहरीलाई उनको घर पक्राउ गर्न पठाएपछि आफूलाई मानसिक यातना दिन खोजेको दुःखेसो पोखे ।

 

मँगलबार राती उनको साथी राम उदय यादवले उनलाई राती ३ बजेर १३ मिनेटमा फोन गरी मोटरसाईकल चोरी भएको तथा खोज्नको लागि बोलाएको थियो । गाउँकै साथी भएको नाताले पत्रकार यादव निन्द्रा त्यागेर मोटरसाईकल खोजी गर्न चोकमा गएका थिए । तर नभेटाएपछि उनी फिर्ता आफ्नो घरमा आएर सुते ।


विहान ५ बजे नै प्रहरी कार्यालय उमाप्रेमपुरबाट प्रहरीको टोली विना प्रमाणकै उनलाई पक्राउ गर्न आएपछि पछिल्ला घटनाको रहस्य बाहिर आएको हो । स्थानीय नेताहरुले समेत प्रशासनलाई मिलाएर मानसिक यातना दिन खोजको आरोप पत्रकार यादवले लगाए । 

 

आफ्नै साथीको मोटरसाईकल चोरी भएको तथा मोटरसाईकल धनिले समेत पत्रकार यादवको कुनै संलग्नता नरहेको बारम्बार बताएपनि प्रहरी चौकीका असईले कुनै बाहाना पारी उनलाई तत्कालै नियन्त्रणमा लिन खोजेपछि वडाध्यक्ष पुगेका थिए । 


स्थानीयहरुको भनाई अनुसार पनि पत्रकार यादवको विरुद्धमा मुचुल्का नउठेपछि प्रहरी असईले उनलाई अन्यै मुद्दामा फँसाउन खोजेपनि प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले असईसँग दुई रंगको कुरा किन गरेको भन्दा उनलाई छाडन बाध्य भएका थिए । 

 

समाचार लेखेकै कारण उनलाई टर्चर गर्न खोजेको भन्दै उनले भने, - "यी नेताहरुको कतिको औकात छ त्यो सबले बुझि नै रहेको छ । यीनिहरु गाउँमा गरिब र निमुखालाई लुटेर खाने मुखौटा हुन । यीनिहरुको कर्तुतको बारेमा लेख्दा यीनीहरुले यस्तो गर्न प्रयास गर्दैछ । तर म विचलित भने भएको छैन । सत्यको जीत हुन्छ ।" 


यस सन्दर्भमा प्रदेशका डिआईजी हरि बहादुर पालले छानबिन गर्ने बताए ।

 

यता, नेपाल पत्रकार महासंघ धनुषा शाखाका सचिव पुरन गुप्ताले विना कारण सँचारकर्मीलाई प्रहरीले ८ घण्टासम्म थुनुवाझैँ राखिएको प्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको लागि माग गरे ।

 

उनले पटक पटक सँचारकमीहरुसित आफ्नो व्यक्ति रिसबीका कारण यस्ता प्रकारका घटनाहरुमा फँसाउन खोजेकोप्रति खेद प्रकट गरे । घटनाका दोषी जोसुकै होस, कारवाहीको लागि दबाब बनाउने बताए । 
 


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस