• २०७५ पौष २ गते, सोमबार
०६:१३ am

डा. सिके राउतको कार्यकर्ता मुद्दामा साक्षी बकाउने आदेश 


न्यूज ब्यूरो, नेपालगन्ज । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतका कार्यकर्ताहरुलाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै त्यसको विरोधमा अदालतमा मुद्दा दायर गरिएको छ । 

प्रत्येक वर्ष झै गत वि.स. २०७३ साल मँसिर १० रंगभेद दिवस मनाउने क्रममा बाँके जिल्ला प्रहरी कार्यालयले राउतका १७ जना कार्यकर्तालाई पक्राउ गरी शारिरिक यातना दिएको भन्दै यातना क्षतिपूर्तिको लागि मुद्दा दायर गरिएको थियो । 

 गठबन्धनले जारी गरेको प्रेस विज्ञप्तिमा,  - "शान्तिपूर्ण प्रदर्शन गर्दा बाकें जिल्लाको प्रहरी प्रशासनले १७ जनालाई गिरफ्तारगरि अत्यधिक शारीरिक यातना दिएको थियो । यातनामा स्वतन्त्र मधेश गठबन्धनको  केन्द्रीय प्रवक्ता अब्दुल खानं, ईरफान शेष,राम मनोहर यादव र हरपाल सिहं सिखको अवस्था गम्भीर भएर १२ गते भेरी अंचल अस्पतालमा भर्नाभएका थिए ।" उल्लेख गरिएको छ । 

 प्रहरीले हिरासतमा लिएर १७ जनैलाई चरम शारिरिक यातना दिएको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो ।  


विज्ञप्तिमा भनिएको छ , -"पक्राउ गरी यातना दिएकाहरुको अवस्था सुधार नभएपछि एमर्जेन्सीमा हवाईमार्गबाट काठमाडौं  शिक्षण अस्पतालमा पुरयाइएको थियो ।" 

काठमान्डौंमै स्वतन्त्र मधेश गठबन्धनको तर्फबाट एक पत्रकार सम्मेलन गरी उनीहरुको अवस्था सार्वजनिक गरि मानवअधिकार आयोगमा पुगि अनुपराज शर्मालाई  ज्ञापनपत्र बुझाएका थिए ।  त्यही दिन एम्नेष्टी ईन्टरनेश्नल अफिसमन पुगि अवस्थाको अवगत गराएको थियो । 

२०७३ पुष महिनामा ततकालिन बाकें जिल्ला  प्रहरी निरक्षक टेक प्रसाद राई सहित ७ जनामाथी यातना क्षतिपूर्तिको मुद्दा तराई मानवअधिकार रक्षक संजालको कानूनी सहयोगमा जिल्ला अदालत बाकेंमा दर्ता गराएको जनाइएको छ । 

गठबन्धनका प्रवक्ता अब्दुल खानंले जारी गरेको प्रेस विज्ञप्तिमा दशौं पेशी पश्चात झण्डै २ वर्षपछि बुधबार साक्षी बकाउने आदेश गरिएको हो । आउँदो  पुस १६ गतेको लागी साक्षी बकाउने आदेश  जिल्ला अदालत बाकेंले दिएको छ ।


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस