जनकपुरधाममा माँस मदिरा बन्द !

मँसिर २५ र २६   जनकपुरवासीहरुले दीपावली मनाउने

२०७५ मङ्सिर १९ बुधबार
दिउसो १:४२ बजे
न्यूज ब्यूरो, डेस्क
विवाहपँचमी मेलामा जनकपुरको बाह्रविघा मैदानमा मानव हनुमान । तस्विर : अमरेन्द्र यादव | न्यूज ब्यूरो


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा माँस मदिरा बन्द गर्ने निर्णय गरिएको छ । 

 

बुधबार बसेको सरोकारबालाहरुको छलफलबाट मधेशको महोत्सवको रुपमा चलिआएको रामजानकी विवाहमहोत्सव विवाहपँचमीमा जनकपुरभरि नै माँस मदिरा बन्द गर्ने निर्णय गरिएको हो । 

 

सरोकारबालाहरुको बैठकबाट भारत युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम विवाहपँचमीमा जन्ती बनेर आउने भएपछि यहाँका सरोकारबालाहरुले विवाहपँचमी अवधि भरी माँस मदिरा प्रतिबन्ध गर्ने निर्णय लिएका हुन् ।

 

आउँदो मँसिर २६ गते आयोजन हुने विवाहपँचमीलाई थप पौराणिकता प्रदान गर्नको लागि मंसिर २३ देखि २७ गतेसम्म जनकपुरधाम नगरभित्रमा मांस मदिरा तथा मदिराजन्य पदार्थहरु बन्द गर्ने निर्णय गरिएको हो । 

 

स्थानीय जनप्रतिनीधि, सुरक्षा निकायका प्रतिनीधि, सरोकारबाला, नागरिक समाजका प्रतिनीहरुको रोहबरमा सम्पन्न भएको अन्तरक्रियाबाट मँसिर २५ र २६   जनकपुरवासीहरुले दीपावली मनाउने कार्यक्रम तय गरिएको छ । आ आफ्नो स्तरबाट नगरवासीले आफ्नो घरभित्र तथा बाहिर दीप प्रज्वनल गर्दै दीपावली मनाउने कार्यक्रम समेत तय गरिएको हो । 

 

जानकी मन्दिर जानेबाटोमा पर्ने वडामा वडा अध्यक्षको सहयोगमा स्वागतद्वार तथा श्रद्धालु यात्रुहरुका लागि पण्डाल निर्माण गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै पर्यटकहरुलाई बिजुली बत्ती, खानेपानी तथा शौचालय सहज उपलब्ध गराउनुपर्ने, यातायातलाई उचित शुल्क लिएर गणतव्यस्थलसम्म पुर्याउनमा सहयोग गर्ने, होटल व्यवसायीहरुले पनि आ(आफ्नो स्तरबाट थोरै नाफा लिएर भोजनको व्यवस्था गर्ने लगायतको सुझाव प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले दिएका छन् ।

 

त्यस्तै सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त गर्ने, पोशाक तथा सादा पोशाकका प्रहरी परिचालन गर्ने, विभिन्न क्लवका पदाधिकारीहरुले समन्वय गरी स्वयं सेवकको रुपमा कार्य गर्ने, चिसो बढेकोले ठाउँ ठाउँमा दाउरा तथा मेलामा आएका विपन्नहरुका लागि खानाको व्यवस्थापन गर्ने, निःशुल्क उपचार तथा औषधीको व्यवस्थापन गर्ने लगायतका सुझावहरु छलफलबाट आएको छ ।

 

नगरभित्रको फोहरमैलालाई स्थानीयहरुले आफ्दो दायित्व बुझेर आफै सरसफाई गर्ने, कुनै पनि वस्तु वा अन्य ठाउँमा शंका उपशंका लागेमा तुरुन्त प्रहरी प्रशासनलाई जानकारी गराउने समेत प्रमुख जिल्ला अधिकारी कँडेलल बताएका छन् ।

 

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता कुमारी मिश्रको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कँडेलले यति कार्य गर्नका लागि आफुहरुले सहयोग गर्ने भन्दै २३ गतेभन्दा अघि नै यहाँका स्थानीय युवा क्लव तथा सामाजिक संघसंस्थाहरुलाई जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा लिखित रुपमा निवेदन दिनुपर्ने बताएका छन् । 

 

उनले त्यस अनुसार उपहानगरपालिका र जिल्ला प्रहरी कार्यालयले लिस्टिङ्ग गरेर परिचालन गर्ने बताए ।

कार्यक्रममा जनकपुर अञ्चल बस व्यवसाय संघका अध्यक्ष मनोज चौधरीले यातायातमा आफुहरुले सहज र न्यूनतम भाडा लिने जानकारी गराए । त्यस्तै प्याब्सनका अध्यक्ष विश्वलाल सिंहले बाटोमा पर्ने विद्यालयहरुमा निःशुल्क भोजनको व्यवस्था, पण्डाल निर्माण लगायतका कामहरु गर्ने बताएका छन् । 

 

कार्यक्रममा संघ संस्थाका पदाधिकारी, नागरिक समाजले आ- आफ्नो स्तरबाट हुने कार्यलाई प्राथमिकताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

महोत्सवमा यस पटक भारतको अयोध्याबाट भगवान् रामको प्रतीक स्वरूप आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहभागिता रहने छ । प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्थको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा रंगभूमि मैदानसम्म सरसफाइ र पण्डाल निर्माण तीव्र गतिमा भइरहेको छ ।

 

सुरक्षाकर्मी, राजनीतिकर्मी, समाजसेवी, नागरिक समाजका अगुवाको सहभागितामा बाह्रबिघाको सरसफाइ र उपमहानगरपालिकाद्वारा समेत तीव्र गतिमा जानकी मन्दिर आसपासका सडक निर्माण, सडक व्यवस्थित गर्ने कार्य भइरहेको छ ।

 

 

[टुडेपाटीको सहयोगमा]

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७५ मङ्सिर १९ बुधबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus