जनकपुरदेखि कमला नदिसम्मको हुलाकी मार्ग पिच हुँदै 

सर्वसाधारणहरुले समन्वय गर्न सके २ महिनामै त्यस खण्डको कार्य पूरा गरिने

२०७५ मङ्सिर १९ बुधबार
बिहान १०:१४ बजे
न्यूज ब्यूरो, डेस्क
औरही र योगियारको बीचमा पिचको लागि रोलर चलाउँदै | तस्विर : न्यूज ब्यरो

 

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम देखि धनुषा जिल्ला र सिरहा जिल्लाको सीमाना जोड्ने कमला नदिसम्मको हुलाकी राजमार्गको कालोपत्रे (पिचिँग) कार्य धमाधम भईरहेको छ । 

 

जनकपुरधाम उपमहानगरपालिकाको महुवादेखि भोइलसम्म गत वर्ष नै पिचिँगको काम सम्पन्न भएको छ भने अहिले परवाहादेखि औरही हुँदै योगियारासम्मको सडक खण्ड पिँचिँग हुँदै छ । 


जनकपुरधामदेखि करिब २७ किलोमिटरको दुरीमा रहेको कमला नदिसम्मको कालोपत्रेको जिम्मा पाएका ठेकेदारले ढिलासुस्ती गरेको कारण तथा गत वर्ष चुनावी माहौलमा रँगिएको कारण निर्माण कार्य ठप्प भएको थियो । 


देउरी परवाहादेखि योगियारसम्म कालोपत्रेको  लागि दुई तह काम सम्पन्न भएको जनाइएको छ । सडकमा माटो पुरेर गिट्टी बालुवा राख्ने कार्य सम्पन्न गर्दै फुटाएको गिट्टी राख्ने कार्य तिव्र गतिमा भईरहेको छ । 


विभिन्न खण्डमा बाँडिएको कालोपत्रेका जिम्मा पाएका ठेकेदारले काम गर्न चाहेपनि कतिपय ठाउँमा स्थानीयहरुले विरोध जनाएपछि निर्माण कार्य ठप्प भएको तथा त्यस अगाडी कार्य गर्न कठिनाई भएको देखिएको छ । 


हुलाकी मार्ग ६५ फिट फराकिलो गरेपछि गाउँमा आम सर्वसाधारणहरुको घर भत्काउनुपरेको एवम् कतिपय जनता विस्थापित नै हुने अवस्था आएको देखेपछि हुलाकी मार्गमा पर्ने गाउँहरुमा स्थानीयहरुले आफ्नो घर टहरा नहटाएपछि निर्माण कार्य रोकिएको हो । 


कमला नगरपालिकाको सराबे, माचि, लगमा, सघारा देखि कमला नदिसम्मका हुलाकी मार्गमा पर्ने घर टहराहरु सडकको मापदण्डबाट हटाएपछि नाला निर्माणको कार्य समेत सम्पन्न भएको छ भने केही दिनमै पिच गर्ने कार्य समेत शुरु हुँदैछ । 


देउरी, परवाहा र कपटौलमा स्थानीय सर्वसाधारणहरुले समन्वय गर्न सके २ महिनामै त्यस खण्डको कार्य पूरा गरिने बताउँछन् । 

 

 


हुलाकी राजमार्ग निर्माणमा किन ढिलासुस्ती ?

 

शेरबहादुर सिंह, भिमदत्तनगर । कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राजमार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरवाहीका कारण तोकिएको समयमा निर्माण पूरा नहुने देखिएको छ । 

 

निर्माण कम्पनीले काम सक्नुपर्ने समयसीमा नजीक पुगिसक्दा ५० प्रतिशत काम पनि सकिएको छैन । हुलाकी राजमार्ग योजना कार्यालय कैलालीले निर्माण कम्पनीको लापरवाहीका साथै कतिपय स्थानमा मुआब्जा तथा सरकारी प्रक्रियाले दू्रतगतिमा काम नभएको जनाएको छ । 


कञ्चनपुरको दक्षिणी क्षेत्रमा डोकेबजारदेखि–बेलौरी–बेल्डाँडी हुँदै दैजीसम्म निर्माण हुने ६२ किलोमिटर हुलाकी राजमार्ग निर्माण कछुवा गतिमा छ । “कञ्चनपुरको हुलाकी सडक तीन प्याकेजमा ठेक्का दिएर काम अगाडि बढाइएको थियो,” हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका इञ्जिनीयर पदमबहादुर मडैले भन्नुभयो, “कम्पनीको काम भने सन्तोषजनक छैन ।” 

 

समयमै काम सक्न पटक÷पटक आग्रह गर्दै आएको मडै बताउनुहुन्छ । तीनवटै प्याकेज २०७३ फागुनमा ठेक्का सम्झौता भएको हो । कालोपत्रे हुन नसके पनि धेरै ठाउँमा माटो भरानदेखि ग्राभेल बिछ्याउने काम भएको छ । डोकेबजारदेखि बेलौरीसम्मको २० किमी र बेल्डाडीदेखि दैजीसम्मको २२ किमी हुलाकी राजमार्ग निर्माणको जिम्मा शर्मा राजेन्द्र जेभीले पाएको छ भने बीचभागमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किमी निर्माणको जिम्मा रु ४१ करोड ७६ लाख ६३ हजारमा बाबा–हंश– सिद्धीसाइ जेभीले पाएको मडैले जानकारी दिनुभयो । 


“शर्मा–राजेन्द्र जेभीले २६ प्रतिशत मात्रै काम गरेको पाइयो”, इञ्जिनीयर मडैले रासससित भन्नुभयो, “बाबा–हंश–सिद्धीसाइ जेभीले ४८ प्रतिशत काम गरेको छ ।” डोकेबजारदेखि बेलौरीसम्मको २० किमी सडक रु ३३ करोड २ लाख ५२ हजारमा २०७६ साउन मसान्तसम्म सक्ने गरी सम्झौता भएको हो । बेलौरीदेखि बेल्डाँडीसम्मको २० किमी सडकको लागत रु ४१ करोड ७६ लाख ६३ हजार रहेको छ भने बेल्डाँडीदेखि दैजीसम्मको २२ किमी सडकको लागत रु ४० करोड २६ लाख ५९ हजार रहेको छ । 


“काम सक्नुपर्ने मिति नजिँकिदा समेत आधा काम बाँकी नै छ”, मडैले भन्नुभयो, “बेल्डाँडीदेखि दैजीसम्मको प्याकेजमा शुक्लाफाँटा निकुञ्ज पर्ने भएकाले प्रक्रियाका कारण ढिलाइ हुनपुग्यो ।” निर्माणमा भइरहेको ढिलाइका कारण दक्षिणी क्षेत्रका बासिन्दाले सास्ती भोग्नुपरेको छ । सडक नबन्दा वर्षात्मा हिलो र गर्मीमा धुलोको समस्या व्यहोर्नुपरेको बेलौरीका रामजनम चौधरीले दुखेसो पोख्नुभयो । कम्पनीले काम गरेको रकम लिइसकेका छन । 


बेलौरीकै स्थानीयवासी पल्लवराज भट्टले निर्माण कम्पनीले आफ्नो मुनाफा हेरेर काम गरिरहेको आरोप लगाउनुभयो । “ठेकेदारले आफ्नो फाइदा हेर्ने र म्याद थप्दै गएका कारणले काममा ढिलाइ भएको हो”, उहाँले भन्नुभयो, “सडकको काम सम्पन्न नुहँदा धुलो र हिलोले समस्या भएको छ ।” 


हुलाकी सडक निर्माणमा ढिलासुस्ती नगर्न सो क्षेत्रबाट निर्वाचित सांसदहरुले ताकेता गर्दै आएका छन् । “रकमका कारण काममा ढिलाइ भएको होइन”, मडैले भन्नुभयो, “उक्त सडकका लागि आएको रकम मौज्दात छ ।” 


कैलालीमा निर्माण भइरहेको हुलाकी राजमार्गको अवस्था पनि कञ्चनपुरकै जस्तै छ । विसं २०७३ फागुनमै निर्माण सम्झौता भएको कैलालीको शक्तिदेखि कटनी नदीसम्मको १८ किमी हुलाकी राजमार्गको काम हालसम्म ३० प्रतिशत मात्रै भएको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । उक्त निर्माणको समयावधि आगामी फागुन मसान्तसम्म मात्र छ । रु ३१ करोड ६१ लाख ६ हजारमा टुण्डी–प्रेरा चन्द्रा एण्ड बसन्ता जेभीले सो काम गर्ने जिम्मा पाएको हो । 


“करीब दुई किमी बसन्ता करिडोरमा रुख कटानको प्रक्रियाका कारण पनि कामले गति लिन सकेन,” इञ्जिनियर मडैले भन्नुभयो, “कान्द्रा नदीमा सामान ढुवानी गर्दाको समस्याले पनि ढिलाइ भएको हो ।” त्यसैगरी धनगढीस्थित क्याम्पस रोडदेखि मोहना नदीसम्मको साढे छ किमी हुलाकी सडकको ठेक्का सम्झौता भए पनि कामको शुरुआत हुनसकेको छैन । 


गत वर्ष चैतमा रु २३ करोडमा उक्त सडक निर्माणको जिम्मा रमन÷केएस जेभीले पाएको थियो । “स्थानीयले सडक पायक पर्ने ठाउँमा नभएको र अन्यत्र सानुपर्ने माग गर्दै अदालतमा मुद्दा हालेपछि काम शुरु गर्न सकिएन”, मडैले भन्नुभयो, “स्थानीयको असन्तुष्टिका कारण उक्त खण्ड निर्माणमा समस्या भएको छ ।” 


धनगढी क्याम्पस चोकदेखि कटनी नदीसम्मको ३५ किमी हुलाकी राजमार्ग यसअघि भारतको सहयोगमा निर्माण भइसकेको छ । लम्कीदेखि खङ्ग्रौलासम्मको २७ किमी र शक्तिदेखि भजनीसम्मको आठ किमी सडकसमेत भारतकै सहयोगमा निर्माण भइसकेको छ ।


 “भारतको सहयोगमा निर्माण गरिएका सडकको चौडाइ कम हुनुका साथै मर्मतका लागि पनि हामीले आवश्यक बजेट हुलाकी राजमार्ग आयोजना निर्देशनालयसित माग गरेका छौँ”, मडैले भन्नुभयो, “अहिले सात मिटर चौडाइका सडक बन्नदैछन् । भारतले त्यो बेला करीब पाँच मिटर चौडाइका सडक निर्माण गरेको थियो ।” 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७५ मङ्सिर १९ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus

} }