• २०७५ पौष २ गते, सोमबार
०५:४१ am

बसबाट १४० लिटर अवैद्य रक्सी बरामद

 

विनय कुमार यादव, धनुषा । धनुषामा एक सार्वजनिक बसबाट १ सय ४० लिटर अबैद्य मदिरा प्रहरीले बरामद गरेको छ । 

 

धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवर स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत एक सार्वजनिक यातायातको बसबाट उक्त परिमाणको अवैद्य मदिरा बरामद गरी नष्ट समेत गरिएको जनाइएको छ । 

 

मँगलबार दिउँसो सिरहा माडरबाट जनकपुरधामको लागि आउँदै गरेको ना ४ ख ९०४२ नम्बरको एकता ट्राभल्सको सार्वजनिक बसबाट सानो ठुलो
गरी  १२ वटा गैलनमा लुकाएर लैजाँदै गर्दा १ सय ४० लिटर अवैद्य मदिरा प्रहरीले तत्कालै नियन्त्रण लिएको थियो । 

 

ईलाका प्रहरी कार्यालय ढल्केवरका सहायक प्रहरी नीरिक्षक  केवल कार्कीको कमाण्डमा गएका प्रहरी टोलीले चेकजाँचको क्रममा उक्त परिमाणको अवैद्य मदिरा बरामद गरी स्थानीय जनप्रतिनीधिहरुको रोहबरमा नष्ट समेत गरिएको जनाइएको छ । 

 

राजमार्ग छेउछाउका गाउँहरुमा स्थानीयहरुले घरेलु मदिरा उत्पादन गर्ने गरेको छ भने त्यहीबाट जनकपुर हुँदै भारतीय सीमासम्म विक्रि वितरणको लागि विचोलियाहरुले लैजाने गर्दछन् ।

 

भारतको विहारमा रक्सी बन्देज गरेपछि पारीबाट मदिरा सेवन गर्नको लागि विहारका सर्वसाधारणहरुले नेपाल आउने गरेकै कारण स्थानीयहरुले रक्सी भठ्ठी नै फस्टाएको देखिएको छ । 


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस