न्यूज ब्यूरो प्रभाव : अहासयलाई अस्पताल भर्ना गर्न मन्त्रीको ठाडो आदेश !

असहाय व्यक्तिलाई शिघ्र उपचारको लागि ठाडो आदेश

२०७५ मङ्सिर १८ मंगलबार
बेलुकी ७:५० बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मालटोलमा विगत केही दिनदेखि सडकपेटीमा पीडामय जीवन विताइरहेका एक असहायलाई अस्पताल भर्ना गरिएको छ । 


न्यूज ब्यूरोमा गत मँसिर १६ गते आईतबार मात्र  राजमागर्मा असहायको कष्टर जीवन  शिर्षकको समाचार आएपछि प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपचारको जिम्मा लिएका छन् ।

 

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले न्यूज ब्यूरोमा प्रकाशित समाचार उपर एक्सन लिंदै ती असहाय व्यक्तिलाई शिघ्र अस्पताल पुरयाउन व्यवस्था मिलाएका थिए । 


मन्त्री यादवले जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलिया मार्फत एम्बुलेन्स पठाएर उनलाई सडक पेटीबाट ल्याएर जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । 


कानुमन्त्री यादवका स्वकीय सचिव महेश रायले न्यूज ब्यूरोसँग भने , "मन्त्री ज्यूले ती असहाय व्यक्तिलाई शिघ्र उपचारको लागि ठाडो आदेश दिएपछि उनलाई एम्बुलेन्सको व्यवस्था मिलाएर अस्पताल भर्ना गरिएको छ ।" 

 


विगत केही दिनदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गतको धनुषाधाम नगरपालिका वडा नं. ६ मालटोल स्थित राजमार्गके पेटीमा एउटा कम्बलको भरमा पीडामय जीवन व्ययतित गरिरहेका थिए ।


बोल्न नसक्ने ती व्यक्तिको दुवै खुट्टा कामको शिलशिलामा फ्याक्चर भएकोले हिडन नसक्ने भएपछि परिवारजनले उनलाई बेबारिसे अवस्था फालेको हुन सक्ने अनुमान गरिएको छ । 


असहाय संरक्षण मँचका अध्यक्ष बैद्यनाथ साहको सहयोगमा उनलाई जनकपुर अञ्चल अस्पतालसम्म पुरयाइएको हो । अहासयको सहयोगको लागि अग्रसर साहले समेत एम्बुलेन्सको लागि पहल गरेर उनलाई अस्पताल भर्ना गराएका छन् भने अहिले उनको निगरानी भने साह नै गरिरहेका छन् ।

 

समाजसेवी समेत रहेका साहले तत्कालै एम्बुलेन्सको लागि रकम सहयोग गरेका थिए भने विरामी असहाय व्यक्तिलाई नयाँ कपडा समेत उनले नै किनदिए । 


बोल्न पनि नसकिने ती व्यक्तिको नाम, थर र वतन उपचारपछि निको पश्चात मात्र थाहा हुने जनाइएको छ । 


स्थानीय सँचारकर्मी राम हृदय यादव, संघीय समाजवादी फोरमका जिल्ला सदस्य राम पुकार यादव, सँचारकर्मी सागर वीर कडारी  सहितले ती व्यक्तिलाई अस्पतालसम्म पुरयाउन सहयोग गरेका हुन् ।

 

यस सम्बन्धी प्रथम समाचार 

राजमागर्मा असहायको कष्टर जीवन

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७५ मङ्सिर १८ मंगलबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus

} }