मधेश लाईभ कन्सर्टमा झुमे दर्शक

कलाकारहरुको उदयसँगै मैथिली भाषाका गितहरुप्रति आकर्षण बढ्दै

२०७५ मङ्सिर १७ सोमबार
रति ९:५६ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, सिरहा । मिर्चैयामा सातदिने महावीर झण्डा मेला महोत्सव सोमबार सकेको छ । 

 

अन्तिम दिन साँझ मेलामा हेलो मधेश लाईभ कन्सर्ट आयोजना गरिएको थियो । जाडोको वास्तै नगरी कन्सर्टमा सोमबार साँझ दर्शकको भीड खचाखच थियो । स्टेज डीजे र लाईटसहित बेहुलीझैं सिँगारिएको थियो । 

 

कन्सर्टमा चर्चित गायक रामा मण्डल, संगितका बेताज बादशाह तथा उदाउँदो तारा सन्नु मण्डल, भागवत मण्डल लगायतका थुप्रै चर्चित गायक, गायिका, कलाकारहरु बेजोड प्रस्तुति दिएका थिए । स्थानीय स्तरका कलाकारहरु समेत दर्शकलाई उत्तिकै झुमाए ।

 

चर्चित मैथिली गित ुसजनी हमर देखु एक नजरु गितबाट सांगीतिक प्रस्तुति सुरु गरेको सन्नु मण्डलले आधा घन्टासम्म निरन्तर प्रस्तुति दिएर दर्शकमा सांगीतिक रापको जलप नै भरिदियो । मधेशका विभिन्न स्थानबाट आएका कलाकारहरुले दर्शकलाई भरपूर मनोरञ्जन दिए ।

 

कन्सर्टमा अधिकांश युवापुस्ताको सहभागिता थियो । मधेशमा नयाँ पुस्ताका कलाकारहरुको उदयसँगै मैथिली भाषाका गितहरुप्रति आकर्षण बढ्दै गएको छ ।

 

मेला महोत्सव आयोजक समितिले स्थानीय बुद्धिजीवी, समाजसेवी, जेष्ठ नागरिक, सहयोगी, संचारकर्मी लगायतकालाई खादा, अबिर र सम्मानपत्र सहित सम्मान समेत गरेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७५ मङ्सिर १७ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus