छठ व्रत गरेकी महिला उपर घरमै पसेर सामुहिक बलात्कार !

संलग्नमध्ये समशुल मियाँ र इसराफूल मियाँ प्रहरीको नियन्त्रणमा

२०७५ मङ्सिर १६ आइतबार
बिहान ११:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक  महिला उपर भएको सामूहिक बलात्कारका फरार अभियुक्तहरुलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

 

सिरहाको सुखिपुर नगरपालिका–२ छजनामा तीन हप्ताअघि भएको सामूहिक बलात्कारका अभियुक्तहरुलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ गर्न नसकेपछि निराशा बढ्दै गएको छ ।

 

आफ्नै घरमा सुतिरहेकी ३५ वर्षीया महिलालाई छठ पर्वको खरनाको राती घरमै पसेर ४ जना मुस्लिम समुदायका युवकहरुले पालैपालो बलात्कार गरेका थिए । मुखमा कालोपट्टि बाँधेर घरमा पसेका उनीहरुले महिलालाई निर्घात कुटपीट गरी बेहोस पारेर बलात्कार गरेका थिए । ४ जना मध्ये २ जना पक्राउ परेपनि २ जना भने अझै टाप छन् ।

 

महिला उपर स्थानीय समशुल मियाँ, ईसराफूल मियाँ, जगतपुरका सलामत मियाँ र जाकिर मियाँले सामुहिक बलात्कार गरेका थिए । 

 

छठ पर्वको राती टोलमा नाटक भईरहेको र त्यसको चर्को ध्वनीले महिलाले कराएको आवाज बाहिर सुनिएको थिएन् । महिलाले प्रतिकार गर्दा कुटपिट समेत गरिएको थियो । पीडितका पति हाल रोजगारीको शिलशिलामा विदेशमा छन् । बलात्कारमा संलग्नमध्ये समशुल मियाँ र इसराफूल मियाँ प्रहरीको नियन्त्रणमा छन् ।

 


 उनीहरुलाई स्थानीय बासिन्दाहरुले पक्राउ गरी प्रहरीमा बुझाएका थिए । तर, फरार रहेका दुई जनालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

 

फरार रहेका जगतपुरका सलामत मियाँ र जाकिर मियाँ काठमाडौंमा रहेका र उनीहरु कतार तर्फ उडने तयारीमा रहेको बुझिएको छ । स्रोतका अनुसार सलामत र जाकिर त्यस तर्फ जान काठमाडौं पुगेका छन् ।

 

अभियुक्तहरुलाई पक्राउ गर्न स्थानीय बासिन्दा, अधिकारकर्मी, युवा, महिलाहरुद्धारा प्रदर्शन गरिएपनि पीडितलाई न्याय दिलाउन प्रहरीको सुस्तता देखिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७५ मङ्सिर १६ आइतबार

Bureau Menus

} }