राजमागर्मा असहायको कष्टर जीवन
खुट्टामा घाउ नभएपनि हिंडडुल गर्न सकिरहेको छैन ।

२०७५ मंसिर १६ आइतबार, बिहान ६:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत केही दिनदेखि पूर्व पश्चित राजमार्ग अन्तर्गतको पेटीमा अन्दाजी बर्ष ३८ का एक अहासय व्यक्तिको जीवन अति कष्टकर छ ।
उनी जन्मजात अपाँग नभएपनि कामको शिलशिलामा दुवै खुट्टा फयाक्चर हुँदा नचल्ने भएपछि उनको जीवन राजमार्गकै पेटीमा कष्टमय विताउन बाध्य भएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ६ मालटोल स्थित रहेको सैनिक ब्यारेक नजिकै उनले राजमार्गको छेउमै आफ्नो बसेरा बनाएका हुन् । जाडोको मौसम त्यस उपर पनि तेज सवारी साधनहरुको हावाले उनलाई झन कष्ट दिरहेको छ ।
दुई दुई वटा सैनिक ब्यारेकको बीचमै अलपत्र यी व्यक्ति राम्ररी बोल्न पनि सकिने तर मात्र मलाई अस्पताल पुरयाईदेउ भन्छन् । नाम ठेगाना र कारण सोध्दा रुन थाल्ने यी व्यक्ति मानसिक रुपले पनि तन्दुरुस्त नै छन् ।
यता, गाउँ गाउँमा पसेर असहाय, अपाँगको खोजी गरी उनलाई आर्थिक वा जिन्सी समाग्री सहयोग गर्ने अहासय संरक्षण मंचले उनको समस्याप्रति उदासिनता देखाएका छन् ।
स्थानीय राम हृदय यादवले मंचका अध्यक्ष बैद्यनाथ साहलाई बारम्बार फोन गरी यी पूरुषको बारेमा जानकारी गराएपनि कुनै प्रकारको उत्सुकता नदेखाएको आरोप लगाए ।
मंचका अध्यक्ष साहलाई सम्पर्क गर्दा उनको अवस्था बारेमा भनेपछि मैले गर्ने भनेर जवाफ आएपछि असहाय मंचलाई भंजाएर खाने प्रवृति चालेको आरोप पनि लगाए ।
विभिन्न समयमा असहायहरुलाई सडक पेटी, फोहोरबाट उठाएर अहासय मंचका अध्यक्ष बैद्यनाथ साहले उनीहरुलाई अस्पताल भर्ना गर्ने, चाहिएको समाग्री प्रदान गर्ने, अपाँगहरुलाई खोजी-खोजी सहयोग गर्ने गरेका छन् ।
कुनै ठाउँमा बेबारिसे परेका व्यक्तिहरुलाई समेत उनले अस्पताल भर्ना गरी तत्कालै उपचारको खर्च समेत व्होर्ने गरेका छन् । निरन्तर यस्तो कार्य गर्दै आएपनि यी व्यक्तिको बारेमा जानकारी गराउँदा उनले फर्काएको जवाफप्रति असन्तुष्ट तथा खिन्नता प्रकट गरे ।
काम गर्ने शिलशिलामा यी पूरुषको खुट्टा फ्याक्चर भएको बुझिएको छ । खुट्टामा घाउ नभएपनि हिंडडुल गर्न सकिरहेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…