• २०७५ पौष २ गते, सोमबार
०७:१६ am

लहानमै मधेशी संस्कृति र पहिचानको खुल्लेआम खिल्ली उडाउँदै ! (भिडियो सहित) 

छात्राहरुको घोर बेज्जतिका साथै अपशब्द, गालीगलौजको सयौँ टिकाटिप्पणी


 
न्यूज ब्यूरो, जनकपुरधाम । केही दिनदेखि समाजिक सञ्जालमा भाईरल भईरहेको एक भिडियो, जसमा मधेशी जनताको संस्कृति र मधेशीको पहिचान उपर ठाडो प्रहार गरिएको देखिएको छ । 

 


यो भिडियो, मधेशकै सिरहा जिल्ला लहान प्राविधिक शिक्षालय परिसरमा खिचिएको भिडियो हुन् । जसमा केही छात्राहरुले मधेश र मधेशीको पहिचानलाई उत्छृङगल तवरले खिल्ली उडाउँदै गरेको देख्न सकिन्छ । 

 

हाम्रो न्यूज ब्यूरो टिमले यो भिडियोको बारेमा जाँचप्रताल गरेको छ । यो भिडियोको बारेमा अहिलेसम्म भएको प्राथमिक जानकारी यस प्रकार छ :


सिटिईभिटी अन्तर्गतको लहान प्राविधिक शिक्षालय लहानले आगामी महिना पुसमा देशभरिकै प्रिन्सिपलहरुको भेला उक्त शिक्षालयमा आयोजना गरेको छ । आउँदो पुस ३, ४ र ५ गते हुन लागेको वृहत बैठकमा सिटिईभिटी अन्तर्गतका देशभरिकै कलेजका प्रमुखहरुको सहभागीता हुने भएको छ । 


मधेश आन्दोलनको उदगम स्थल रहेको लहानमै स्थापित लहान प्राविधिक शिक्षालयमा देशैभरिका सिटिईभिटी अन्तर्गतका कलेज प्रमुखहरुको सहभागीता हुने भएपछि कलेजमा तयारी समेत तीव्र पारिएको छ । 

 

मधेश र मधेशीको पहिचानलाई खिल्ली उडाउँदै विद्यार्थीहरु 

 

 

अतिथि स्वागतको लागि कलेजमा विभिन्न समितिहरु समेत गठन गरिएको प्राविधिक शिक्षालयका सहायक प्रमुख धनोज यादवले बताए । यादवका अनुसार, अतिथि स्वागतको लागि तयारी तीव्र पारिएसँगे उनीहरुको स्वागत कार्यक्रममा आफ्नो भाखा र पहिचान झल्किने गरीको स्वागत गायन एवम् नृत्य कार्यक्रम समेत राखिएको छ । 

 

जस अन्तर्गत जिम्मेवारी पाएका शिक्षकले केही छात्रछात्राहरुलाई स्वागत नृत्य र गायनको लागि रिहल्सल गराइरहेको जानकारी सहायक प्रमुख यादवले दिए । 

 


त्यस कार्यक्रममा प्रदेश प्रमुख सहित मन्त्रीहरुको समेत उपस्थिति हुने भएपछि कलेजले स्वागत तयारीलाई झन बलियो र प्रभावकारी बनाउन विभिन्न तवरले मूल्याँकन र कसरत गर्दै आएको छ । 

 

यसैक्रममा, उक्त छात्रछात्राहरुलाई आ आफ्नो पहिचान र सँस्कृति अनुरुपको नृत्य गायन गर्न आग्रह बमोजिम भिडियोमा देखिएकी छात्राहरु केही दिनदेखि रिहल्सलमा लागेकी छन् । 

कलेजको आदेश अनुसार, रिहल्सल कलेजभित्र हलमा मात्र गर्ने तथा परिसरमा बाहिर कुनै प्रकारको त्यस्तो गतिविधि नगर्ने प्रावधान तोकिएतापनी यीनीहरुले बाहिर आएर उच्छृङगल व्यवहार गरेको सहायक प्रमुख यादवले स्वीकार गरे । 


उनले भने, भिडियो समाजिक सञ्जालमा हालिएको छ । मैले पनि त्यो भिडियो देखे, मलाई विश्वास लागेन तर बुझदै जाँदा वास्तवमा यीनिहरुले नराम्रो कार्य गरेको रहेको छ । भिडियोमा देखिएकी केही छात्राहरु पहिले पनि यस्ता उच्छृङखल गतिविधिमा संलग्न भएकी हुन् । 

 

भिडियोमा ती छात्राहरुले उच्छृङगल तथा हेपाहा प्रवृति देखाउँदै नेपाली मूलको मधेशीको पहिचान र पहिरण र सँस्कृति उपर कडा प्रहार गरिएको देखिएको छ । भिडियोमा पगरी, धोती, कुर्ता, गम्छा , यी जनकपुरके मटी, हम छी जनकपुरके बेट्टी जस्ता शब्दहरुलाई हेपाईको दृष्टिकोणले गाउँदै मजाक उडाउँदै गरेको प्रष्ट हेर्न सकिन्छ । 


हालाकी, यो भिडियो समाजिक सञ्जालमा हाल्ने लहान प्राविधिक शिक्षालयकै एक विद्यार्थी रहेको बुझिएको छ । सहायक प्रमुख यादवका अनुसार, शनिबार परेकोले केही गर्न नसकिएको तथा आईतबार यसमा संलग्न सबैलाई सूचना नै प्रकाशित गरी कारवाही गरिने प्रतिवद्धता जनाए । 

 

मधेशीको पहिचान उपर गरिएको यस्ता प्रहारले समाजिक सञ्जालमा भिडियोमा देखिएकी ती छात्राहरुको घोर बेज्जतिका साथै अपशब्द, गालीगलौजको सयौँ टिकाटिप्पणी गरिएको छ । 


कलेजका सहायक प्रमुख यादवले कसैको आस्था, सँस्कृति र पहिचानलाई यसरी धज्जिया तथा खिल्ली उडाउने हक कसैको नरहेको भन्दै उनीहरुलाई कारवाही गरिने तयारी थालिएको बताए । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस