• २०७५ पौष २ गते, सोमबार
०६:३१ am

साना किसानका प्रबन्धक यादवलाई सम्मान सहित विदाई 


विनय कुमार यादव, धनुषा । साना किसान लघुबित बितिय संस्था लिमिटेड  ईलाका बैंकका प्रबन्धक राजकुमार यादवलाई  आज एक कार्यक्रमबीच सम्मान सहित विदाई गरिएको छ । 

 

वर्षौदेखि निरन्तर ईमान्दारिता पूर्वक आफ्नो भूमिका निवार्ह गरेको भन्दै प्रबन्धक यादवलाई विदाई समारोह आयोजना गरी साना किसान कृषि सहकारी धनुषा जिल्ला  कर्मचारी संघले दोसल्ला ओढाएर स समान्न सहित विदाई गरेको हो । 

 

साना किसान कृषि  दिगम्बरपुरका  अध्यक्ष इन्द्र कुमार महतो को अध्यक्षता एवम्  साना किसान लघुबित बैंक संचालक समिति सदस्य  रबिन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको विदाई तथा सम्मान समारोहमा प्रबन्धक यादवको त्यहाँ स्थित कार्यकालको प्रशंसा गरियो । 


विदाई कार्यक्रममा बोल्दै अध्यक्ष महतोले भने,  साना किसान  यस्तो सँ  हो जो की जुन  बेला  साना साना किसान लाई  साथ  दिने  हो ।  हामी   यसमा  धेरै थरीका  कर्जा  लेनदेन किसानहरुबाट  गर्दै  आएको  छौ ।  हामी  एक ढिक्का भएर  बिगत ८  बर्ष  देखि  मिथिला नगरी जनकपुरधामका लघुबित बैंकका प्रबन्धक राजकुमार यादव छुटिदाँ कमि महसुस हुन थालेको छ । 

 

प्रबन्धक यादवलाई बिदाई  एवं सम्मान गर्न अवसर पाएको भन्दै  सम्पुर्ण धनुषा जिल्ला  संगठनलाई  धन्यवाद दिदै प्रबन्धक यादवलाई  जानकी मन्दिरको तस्बिर मायाको चिनो स्वरुप प्रदान गरे । 

 

कार्यक्रममा  निवर्तमान प्रबन्धक यादव भावुक हुँदै भने,   बिगत ८   आठ बर्ष देखि मैले प्रबन्धकका पद  सम्हाले  जुन बेला म  आउँदा १७ करोड ५० लाख रहेको थियो । अहिले  २ अरव २० करोडको  हराहारीमा कारोबार पुगेको  छ । ७१ हजार सद्स्य जनकपुर  इलाका बैंक अन्तर्गतमा रहेको छ भने ७७  प्रतिशतम महिलाको सहभागी रहेको छ । यो आफैँमा समृद्धिको संकेत हो । 

 

कार्यक्रममा  कर्मचारी सङठन जिल्ला अध्यक्ष राजकुमार साह, साना किसान दिगमबरपुर सँचालक समिती  पुर्ब अध्यक्ष जोगि महतो एव पुर्ब प्रबन्धक शिबु गोईत यादव लगायत क्वालिटी सर्कल का सचिब राम नन्द्न राई  लगायत धनुषा जिल्ला भरिका  विभिन्न साना किसानका प्रबन्धक एवं सहायकको उपस्थिति रहेको थियो ।

 

 हरिहरपुर शाखाका प्रबन्धक सुरेश महतोले कार्यक्रम सँचालन गरेका  थिए  । उक्त शाखाको नयाँ प्रबन्धकमा विशाल तुलाधर पोखराबाट आउने र उनका स्वागतको तयारी गरिएको जनाइएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस