• २०७५ पौष २ गते, सोमबार
०७:१३ am

विश्व एड्स दिवसको अवसरमा इटहरीमा पञ्चेवाजा सहित प्रभातफेरी 

एचआइभी संक्रमितलाई भेदभाव र दुब्र्यवहार होइन माया ममता प्रदान गर्नु पर्नेमा जोड

न्यूज ब्यूरो, सुनसरी । विश्व एडस दिवसको अवसरमा इटहरीमा पञ्चेवाजा सहित प्रभातफेरी गरिएको छ । इटहरी उपमहानगरको आयोजनामा विभिन्न संघ सस्थाको सहभागितामा प्रभातफेरी गरिएको हो । 

 

प्रभातफेरी पछि आयोजित कोण सभालाई सम्वोधन गर्दै इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले एचआइभी संक्रमितलाई भेदभाव र दुब्र्यवहार होइन माया ममता प्रदान गर्नु पर्नेमा जोड दिनुभयो । 

 

उनीहरुलाई खुशी साँथ वाँच्ने अवस्था सृजना गर्न उहाँले आग्रह गर्नुभयो । इटहरी अस्पतालमा निशुल्क एचआइभी परीक्षण गरिनेभएकाले परीक्षण गरि आ आफनो अवस्था पहिचान गर्न इटहरी उपमहानगर स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अघिकृत रामचरण चौधरीले आग्रह गर्नुभयो । 

 

एचआइभी जाँच गरौ,आ आफनो अवस्था पहिचान गरौं भन्ने नाराका साथ आज विश्व एडस दिवस मनाइदैछ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीको गत सालको तथ्याँक अनुसार सुनसरीमा १२सय र इटहरीमा ८५ जना संक्रमित छन ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

चन्दन रौनियार

संवाददाता

प्रदेश नं. १, सुनसरी - नेपाल

चन्दन रौनियार || न्यूज ब्यूरोका प्रदेश नं. - १ सुनसरीबाट प्रतिनीधित्व गर्दै हुनुहुन्छ । प्रदेश नं. १ बाट विशेष सुनसरीबाट उहाँ न्यूज ब्यूरोको लागि समाचार र सुचना प्रवाह गर्दै आइरहनुभएको छ | मोबाईल नं. +9779842404257

प्रतिकृया दिनुहोस