तराई मधेशका कमलरीलाई मुक्त गर्न आग्रह

२०७५ मङ्सिर १३ बिहीबार
बिहान ०९:२६ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर : Google.com


न्यूज ब्यूरो, मधेश ।  तराईका पाँच जिल्लामा घरेलु कामदारका रूपमा बसेका ७९ कमलरीलाई मुक्त गर्न सम्बद्ध व्यक्तिहरूले आग्रह गरेका छन् । 


लामो समयसम्म मालिकको कमलरी बसेर मुक्त भएका कमलरीहरूले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल दाङ आउनुभएको मौकामा उक्त आग्रह गरेका हुन् । 

 

सरकारले विसं २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गर्नाका साथै आन्दोलनमा उत्रिएका कमलरीसँग १० बँुदे सम्झौता पनि ग¥यो । उक्त सम्झौतापत्रमा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न व्यक्तिको घरमा कमलरी बसेकालाई यथाशक्य चाँडो उद्धार गर्नुपर्ने बुँदा उल्लेख भएपनि अझैसम्म कार्यान्वयन नहुँदा अझै ७९ थारू बालिका कमलरी बस्न बाध्य छन् । 

 


मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले अझै पनि तराईका जिल्लामा थारू चेली कमलरीको रूपमा मालिकको घरका काम गरिरहेकोे मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो । उहाँका अनुसार कञ्चनपुरमा छ, कैलालीमा २२, बर्दियामा २९, बाँकेमा चार र दाङमा १८ थारू बालिका बालश्रमिकको रूपमा मालिकको घरमा काम गरिरहेका छन् । 

 


अध्यक्ष चौधरीले वेपत्ता कमलरीको अभिलम्ब खोजी गरी उद्धार गर्न, मालिकको यौनशोषणबाट कुमारी आमा बनेकालाई न्याय दिन र कमलरीमाथि भएका घरेलु हिंसा तथा यौन हिंसाकाका पीडिकलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिइएको बताउनुभयो । 

 


मागपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले आफूले कमलरीको समस्या सम्बोधनका लागि पहल थाल्ने आश्वासन दिनुभएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७५ मङ्सिर १३ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus