सप्तरीमा नर्सिङग कलेज खुल्दै 

२०७५ मङ्सिर १३ बिहीबार
बिहान ०८:५३ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, सप्तरी ।   सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नरसिङ्ग कलेज स्थापना हुने भएको छ । 

 

कलेज स्थापनाका लागि यस वर्ष ४ करौड बजेट विनियोजन गरिएको उप प्रधान तथा स्वास्थ्य एवम् जनसंख्या मन्त्री उपेन्द्र यादवले जानकारी दिए । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ वाट निर्वा्चित प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले बुधवार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमै नरसिंह कलेज स्थापना गरिने योजनालाई अन्तिम निर्णाय गरिएको जानकारी दिए ।

 

 स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ४ करौड बजेट उपलब्ध गराएको छ ।

 

कार्तिक मसान्त भित्रै उक्त कार्यक्रम अन्तर्गत योजना छनौट गर्नुपर्ने प्राबधान हुँदाहुँदै पनि उप प्रधान मन्त्री यादवको कार्यव्यवस्तताका कारण योजना छनौटमा केहि साता ढिलाई भएको हो । योजना छनौट सम्बन्धी बैठकका लागि यादव बुधवार दिउँसो राजविराज आईपुगेका थिए ।

 

 सप्तरी निर्वाचन क्षेत्र नम्बर दुई अन्तर्गत उक्त कार्यक्रमका लागि यादवको संयोजकत्वमा १६ सदस्यीय समिति रहेकोमा बुधवारको बैठकमा दुई जना सदस्यहरु भने अनुपस्थित रहेको समितिका सदस्य समेत रहेका प्रदेश–२ का भुमि व्यवस्था कृषि एवम् सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।


सदस्यहरु उपमा देव र डा। मनोजकुमार सिंह भने बैठकमा अनुपस्थित रहेका थिए । फोरम नेपालवाटै प्रदेश सभामा समानुपातिक तर्फ निर्वा्चित उपमा देव प्रदेश–२ का उप सभामुख हुन भने डा. सिंह नेकपाका तर्फवाट प्रदेश–२का प्रदेश सभा सदस्य हुन् । आजको जनकपुर टुडेमा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७५ मङ्सिर १३ बिहीबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus

} }