• २०७५ पौष २ गते, सोमबार
०५:४१ am

खेसारी लाल यादव उपर कुर्शी र पत्थर प्रहार !

दर्शकहरुको रिस शान्त नभएपछि खेसारी लाले कार्यक्रम बन्द गरेको थियो । 

Photo Credit : https://static.toiimg.com

 

न्यूज ब्यूरो, भारत । भोजपुरी सिने जगतका सुपरस्टार मानिएका अभिनेता एवम् गायक खेसारी लाल यादव उपर कुर्शी, पत्थर रोडा प्रहार गरिएको छ । 


गत भदौमा मात्र बोलबमको मौसममा उत्तर प्रदेशमा बाबाधाम कार्यक्रम गर्न आएका बेला खेसारी लाल उपर अश्लिल गीत गाएको भन्दै पत्थरवाजीका साथै कार्यक्रम बन्द गराएको थियो । 

त्यही घटना पुनः उनको एक कार्यक्रमबीच दोहरिएको छ । उत्तर प्रदेशको बाराबंकी जिल्लाको रामपुरमा आयोजित एक महोत्सवमा गायक खेसारी लाल यादव आफ्नो प्रस्तुति दिन ढिलो आएपछि दर्शकहरु रिसाएर कुर्शी पत्थर फालेका थिए । 

 

आक्रोसित दर्शकहरुले मँचमै ईट, पत्थर र कुर्शी फाल्न सुरु गरेपछि खेसारी लाल यादव डर कामेका थिए । उक्त कार्यक्रममा अभिनेता यादवले दर्शकहरुसँग ईट पत्थर कुर्शी नफाल्न आग्रह बारम्बार गरेपनि आक्रोसमा आएका दर्शकहरुको रिस शान्त नभएपछि खेसारी लाले कार्यक्रम बन्द गरेको थियो । 

 

उक्त घटनामा कैयौँ जना घाईते भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । कार्यक्रममा भएको हँगामापछि उनले कार्यक्रम नै रद्द गरेको थियो । गत सोमबार राती यो हँगामा भएको बताइएको छ । 


यसै क्रममा त्यो आक्रोसित भीडलाई नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मीहरुले उनीहरुलाई शान्त पार्नको लागि धन्धाधुन लाठीचार्ज समेत गरेका थिए भने उनीहरु उपर प्रहरीले सकेजति कुटाई गरेको थियो । हँगामा गर्ने युवकहरुलाई प्रहरीले लखेटी लखेटी कुटेका थिए ।  प्रहरीको लाठी चार्जको क्रममा समेत कैयौँ व्यक्ति घाईते भएको जनाइएको छ । 


उक्त महोत्सवलाई केन्द्रीय मन्त्री रीता बहुगुणा जोशीले उद्घाटन गरेकी थिइन् । उद्घाटनसँगै उनी आफ्नो कार्यालय फर्केकी थिइन् ।  उक्त कार्यक्रममा स्थानीय साँसद विद्यायक उपेन्द्र रावत रहेका थिए भने हँगामा शुरु भएलगत्तै आफ्नो घर भागेका थिए । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस