• २०७५ पौष २ गते, सोमबार
०६:५७ am

मिर्चैयामा विशाल ‘महाविर झण्डा मेला’ सुरु

संस्कृति संरक्षण सम्वद्र्धन तथा धर्मप्रतिको आस्था कायम राख्न ।

मेलामा निर्माण गरिएको ६० फिट अग्लो महाविरको झण्डा । (तस्वीरः बिनय यादव)

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा विशाल ‘महाविर झण्डा मेला’ सुरु भएको छ । मिर्चैयाको थाना चोकस्थित भण्डाटोलमा मंगलबारदेखि ७ दिने विशाल महाविर झण्डा मेला सुरु भएको हो । 

 

मंसिर १७ गतेसम्म चल्ने यस मेलामा ६० फिट अग्लो महाविरको झण्डा निर्माण गरिएको छ । संस्कृति संरक्षण सम्वद्र्धन तथा धर्मप्रतिको आस्था कायम राख्न विगतका वर्ष झैं यस वर्ष पनि मेला आयोजन गरिएको आयोजक समितिले जनाएको छ । 

 

 

विगत कयौं वर्षदेखि लाग्दै आएको यो मेला यसपाली भने सबैभन्दा भव्य तरिकाले आयोजन गरिएको छ । मेलामा विगतका वर्षको तुलनामा यसपाली विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको छ ।

 

 

अन्य वर्षको तुलनामा यसवर्ष मेलाको लागि उचित व्यवस्थापन, प्रयाप्त ठाउँ, मनोरञ्जनात्म कार्यक्रम, संस्कृति जगेर्नात्मक कार्यक्रम, झरनी, रामहिलोरा, सर्कस, मौतको कुवाँ लगायतका खेलतमाशाको आयोजना गरिएको छ । 

 

मेला भर्नको लागि विभिन्न आसपासका छिमेकी ठाउँहरुबाट भारी संख्यामा सर्वसाधारणहरु आउने गर्छन् । मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन, शान्ति सुरक्षा लगायतका आवश्यक सबै व्यवस्थापन गरिएको आजोजक समितिले जनाएको छ ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

बिनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस