• २०७५ पौष २ गते, सोमबार
०५:४१ am

धनुषाधामको स्थानीय सरकारलाई 'जिरो भ्यालू' 

उपस्थित नभएकै खण्डमा पनि उनले सालभरिको तलब खाएको आरोप । 

 


न्यूज ब्यूरो, जनकपुरधाम ।  स्थानीय सरकार लागू भएपनि धनुषामा एक स्थानीय सरकारलाई कुनै पनि निकायले टेर्दैनन् ।

 

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ईन्द्र कुमार महतोलाई उनकै वडामा रहेको विद्यालयका प्रधानाध्यापकले रति भर पनि टेरेका छैनन् ।विद्यालयमा बालविकास कोटामा अबैद्यानिक नियुक्ती गरेको भन्दै विज्ञापनपत्र सहित नियुक्ती प्रक्रियाको अन्य कागजातहरु उपलब्ध गराउन वडाध्यक्ष महतोले वडा कार्यालयबाटै पटक पटक पत्र काटेपनि प्रअले शून्य भ्यालू गरेको छ । 


वडाध्यक्ष महतोले एक पटक ७ दिने सूचना र अर्को पटक ३ दिने सूचना काटेपनि विद्यालयका प्रअ. देवनारायण कापडीले टेरेका छैनन्  । प्रअ कापडीले भने, मैले वडाध्यक्षलाई किन सूचना दिने ? म कुनै सूचना दिदैन । 

 

विद्यालयको बालविकास कोटामा नियुक्ती गरिएको रंजु यादवको नियुक्ती अवैद्य रहेको बारे सोध्दा प्रअ कापडीले यादवको नियुक्ती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिकलाल यादवको पहलमा समितिकै निर्णय अनुरुप भएको दाबी गरे । 


यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिक लाल यादवले रंजु यादवको नियुक्ती विधिपूर्वक गरिएको दाबी गरे । उनले भने, - "वि.स. २०७४ सालमै उनको नियुक्ती गरिएको छ । यदि वडाध्यक्षले सूचना माग गरेको छ भने प्रअले सूचना उपलब्ध गराउनुपर्छ । बाँकी कुरा प्रअलाई थाहा छ ।" 

 


वडाध्यक्ष ईन्द्र कुमार महतोल अन्तिम पत्र गत मँसिर ४ गते सूचना उपलब्ध गराइदिनको लागि काटेका हुन् । न्यूज ब्यूरोसँग कुराकानी गर्दै महतोले एउटा ७ दिने एउटा ३ दिने पत्र काटिएको जिकिर गरे । 

 

"सूचना दिनको लागि पटक पटक पत्र काटेपनि अटेरी गरेको छ । अब कानुनी प्रक्रियामा जानेछौं । नगरपालिका सँग समन्वय गरेर तलब रोक्का तथा कारवाहीको प्रक्रिया अगाडी बढाउने छौँ ।" वडाध्यक्ष महतोले भने । 


बालविकास कोटामा शिक्षिका यादवको नियुक्ती वि.स. २०७४ सालमै गरिएपनि हाजिर भने वि.स. २०७५ मा भएको जनाउँदै उपस्थित नभएकै खण्डमा पनि उनले सालभरिको तलब खाएको आरोप लगाए । 


यता, नगरका मेयर बालेश्वर मण्डलले विद्यालयको यस प्रकरण बारे अनौपचारिक जानकारी भएपनि औपचारिक भने जानकारी नआएको बताए । उनले प्रधानाध्यापकले वडाध्यक्षलाई शिघ्र सूचना उपलब्ध गराउनुपर्ने बताए । उनले भने, - "आज वडाध्यक्ष जी सँग कुराकानी गर्छौ, के कस्तो छ त्यसको बारेमा बुझेर कानुनी प्रक्रिया अनुसार नै कारवाहीको लागि प्रक्रिया सुरु गर्नेछौं ।" 

 


वडाध्यक्ष महतोले अवैद्यानिक नियुक्ती बताउँदै विज्ञापनपत्र, समितिको निर्णयको म्यानुट, योग्तापत्र, पढाएको उपस्थितिहरु उपलब्ध गराउन माग गरेका छन् । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस