• २०७५ पौष २ गते, सोमबार
०६:५९ am

जनकपुरमा खसीको मासू भनेर बाख्राको मासू बेच्ने एक पक्राउ

अनुगमन टोली पुग्ने बितिकै असलम मासुलाई नुकाउन खोजेका थिए ।


न्यूज ब्यूरो, जनकपुरधाम । खसीको भनेर बाख्राको मासु बेच्ने एक व्यापारीलाई मंगलवार जनकपुरबाट पक्राउ गरिएको छ ।

 


 पक्राउ पर्नेमा उमगाउँ–११ बिहार स्थायी निवासी करिव २४ वर्षिय असलम राईन रहेको  अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योग कार्यालय धनुषाका जितेन्द्र प्रसाद सिंहले जनाए ।


संयुक्त बजार अनुगमन समिति धनुषाले जनकपुरलाई केन्द्रित गरी मंगलवार समेत बजार अनुगमनलाई तिव्रता दिएको छ ।  स्थानियहरुको गुनासोको आधारमा मासु पसलमा अनुगन गर्दा खशीको मासु भनेर बाख्राको मासु बिक्रिबितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । अनुगमन टोली पुग्ने बितिकै असलम मासुलाई नुकाउन खोजेका थिए ।


जनकपुरको जानकीनगर निवासी असलम राईनले संचालन गरेको मासु पसलमा असलम करिव ५ महिनादेखि मजदुरको रुपमा काम गर्दै आएका थिए । होटल तथा भोजभतेरमा खशीको मासु अर्डर गर्दा बाख्राको मासु मिसावट गरेर बिक्रि गर्दै आएको उनले पत्रकार समक्ष स्वीकार समेत गरेका छन । 

 

पक्राउ परेका असलमलाई जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाईएको छ । पसल संचालक अमिन राईन जनकपुर बाहिर रहेको र सम्पर्कमा आएपछि थप अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाइने अनुगमन टोलीले जनाएको छ । 

 

माछा बजारमा यस अघि करिव ३ महिना अगाडि समेत बाख्रा बेच्ने एक व्यापारी पक्राउ गरेका थिए । 

 

जिल्ला अनुगमन समितिले बजार अनुगमनलाई तिव्रता दिदै मंगलवार समेत पानी उद्योग र पसललाई केन्द्रित गरी अनुगमन गरेको थियो । अनुगमनको क्रममा जनकपुरको थापा चोकमा रहेको जनकनन्दिनी पानी उद्योग र महुवा कपलेश्वरमा रहेको आर.एम.सी.पानी उद्योगमा ताल्चा लागेको पाइयो ।

 

दुवै उद्योगले पानी जाँच गराएर लिनुपर्ने अनुज्ञापत्र नवीकरण नगराएको अनुगमन टोलीले जनाएको छ ।  दुवै उद्योग संचालकलाई कागजपत्र सहित हाजिर हुन फोन मार्फत निर्देशन दिइएको बताइएको छ । 

 

यस्तै जनकपुर–१३ स्थित बिजय साहले संचालन गरेको विशाल फिङगर उद्योग अव्यवस्थित हुनुको साथै कागजपत्र दुरुस्त नभएकोले सात दिन भित्र व्यवस्थित गर्न समेत निर्देशन दिइएको छ ।

 

यस्तै जनकपुरको पिडारी चोक र रामानन्द चोकमा रहेको पसलहरुमा समेत अनुगमन गरिएको थियो । दर्ता प्रमाणपत्र, सामाग्रीको म्याद लगायतमा केन्द्रित गरी अनुगमन गरेको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योग कार्यालयका जितेन्द्र प्रसाद सिंहले जनाए । 

 

यस अघि सोमवार जनकपुर–७ स्थित पेठिया बजारमा जयप्रकाश चौधरीले संचालन गरेको अम्बर धारा, जनकपुर–८ स्थित प्रभुनन्दन साहले संचालन गरेको महामाया धारा प्रा.लि. र जनकपुर–४ स्थित अजित कुमार रायले संचालन गरेको ग्लोवल एकवा पानी उद्योगमा शिल गरिएको थियो भने आइतवार जनकपुरको जिरो माइलमा मोहम्मद कमालले संचालन गरेको स्टायलिस्ट एकवा प्रा.लि. र महुवा कपलेश्वरमा धर्मनाथ मंडलले संचालन गरेको गंगाजल पानी उद्योग मापदण्ड विपरित संचालन रहेको भन्दै शिल गरिएको थियो । 


जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत दिनेश साहको नेतृत्वमा गरिएको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता समितिका प्रतिनिधि तथा संचारकर्मीको सहभागिता थियो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस