रजक समाजद्धारा साफीलाई ३० हजार सहयोग

२०७५ मङ्सिर १० सोमबार
रति ९:३७ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, सउदी । विदेश स्थित रजक समुदायका युवाहरुको संगठन नेपाल रजक सेवा समाजद्धारा एक असहाय परिवारलाई आर्थिक सहयोग गरिएको छ । 


कतार स्थित रहेको रकज समुदायका युवाहरुको साझा संगठनको रुपमा रहेको रजक सेवा समाज द्धारा धनुषा हाँसपुर नगरपालिका वडा नं.- ८ भतहीको एक अति विपन्न परिवारलाई रु. ३० हजार नेपाली रुपैयाँ सहयोग गरिएको हो । 


अति विपन्न अवस्था रहेको स्थानीय गुलेश्वर साफीलाई युवाहरुको ती समूहका पदाधिकारीहरुले उनको घरमै पुगी उक्त रकम हस्तान्तरण गरेका हुन् ।  गरिबी कारणले  आर्थिक अवस्था निकै दयनिय रहेको तथा आर्थिक खर्च जुटाउन नसकेपछि आफनो घर समेत बनाउन नसकेको भन्दे उनीहरुले सहयोग गरेका हुन् । 

 

एउटा छोरा र तिन छोरी रहेको उनलाई छोराछोरीको पढाई लेखाई तथा अन्य काममा सहयोग पुग्ने विश्वासका साथ समाजका अध्यक्ष कुल्दिप रजकले बताए । नेपाल रजक सेवा समाज नेपाली गरिव, विपन्न तथा  घर परिवारहरुलाई विभिन्न समयमा सहयोग गर्दै आएको सहकर्मी श्याम कुमार साफीले जनाए ।

 

उक्त रकम विभिन्न देशमा रहेका युवाहरुको सहयोग रहेको छ । सउदी, कत्तार, दुबई, मलेसिया बस्ने समाजका युवाहरुले सहयोग गरेको साफीले बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७५ मङ्सिर १० सोमबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus

} }