लाईसेन्सको अनलाईनमा आएको समस्या ठिक पारिदै , साँझबाट फारम भर्न सकिने 

सर्भर अहिले ठिक भएपनि अनलाईन आवेदनको पेज भने अन्डर कन्सट्क्सन नै रहेको छ ।

२०७५ मङ्सिर ८ शनिबार
बेलुकी ५:१२ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबारदेखि नै यातायात व्यवस्था विभागको वेभसाईटमा आएको समस्या निराकरण गर्दै शनिबार (आज) साँझबाट नै सुचारु गरिने भएको छ । 

 

शुक्रबार विहानदैदेखि विभागको वेभसाईट सिस्टम डाउन भएको भन्दै सवारी चालक अनुमति पत्र (लाईसेन्स) को लागि अनलाईन फारम भर्नेहरुको विच्चली भएको थियो । विभागले त्यही वेभसाईटमा एक सूचना प्रकाशित गर्दै शनिबार साँझदेखि पुनः अनलाईन फारम भर्नको लागि वेभसाईट तयार भईसक्ने तथा सूचारु हुने जानकारी गराएको छ । 


विभागको अनलाईन सिस्टमको सरभर डाउन अर्थात काम नगर्दा सवारी चालकहरुले अनलाईन आवेदनको लागि दुई दिनदेखि प्रयास गरेपनि अन्तत हराष भएका थिए । 
विभागले जारी गरेको सूचनामा शुक्रवार विहानै १०ः०० बजेदेखि अनलाइन मार्फत आवेदन दिन सक्ने भने तापनि विभागको सवारी चालक अनुमति पत्रको अनलाइन प्रणालीमा समस्या देखिएको छ ।


आज बिहानैदेखि सिस्टम बनाउन खटिएका छौं, स्पेस थप्‍ने लगायतका अन्य कार्यहरु आज दिनभरीमा बन्छ र आवेदकले आज साँझबाट अनलाइन आवेदन दिन सक्नेछ  । एक टेक्नीसियनले बताए । 


देशैभरिबाट एकै दिनमा एकै समया धेरै अनलाईन आवेदन तथा वेभसाईट लग भएको भन्दै धान्न नसकेर सर्भर डाउन भएको थियो । सर्भर अहिले ठिक भएपनि अनलाईन आवेदनको पेज भने अन्डर कन्सट्क्सन नै रहेको छ । अबेर साँझसम्म ठिक हुने आश्वासन दिइएको छ । 

 

झण्डै ८ महिनापछि खुलेको नयाँ आवेदनपछि आम सर्वसाधारणहरुमा उत्साह बढेको छ भने विभिन्न साईबर अनलाईनहरुमा सर्वसाधारणहरुको चाप बढेको छ । 

 

यहाँ क्लीक गरी फारम भर्नुहोस् : http://www.dotm.gov.np/

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus