• २०७५ पौष २ गते, सोमबार
०६:०० am

चिट चोराउनको लागि लिएको २ लाख ४० हजार फिर्ता

प्रति विद्यार्थी ६ हजारका दरले जम्मा रकम २ लाख ४० हजार रुपैयाँ  संकलन गरिएको थियोे ।

तस्विरमा : परीक्षामा सहभागी परीक्षार्थीहरु परीक्षा दिँदै र त्यही विद्यालय ।


न्यूज ब्यूरो, सर्लाही  । सर्लाहीमा सिटिईभिटीको परीक्षामा चिट चोरी गराइदिने भन्दै परीक्षार्थीहरुबाट उठाएको रकम फिर्ता गरिएको छ । 


सर्लाही ईन्स्टिच्यु अफ पब्लिक हेल्थ एण्ड रिसर्च सेन्टर मलंगवामा अध्ययन रत सिटिईभिटीका परिक्षार्थीहरुलाई परिक्षामा चिट चोरी गराउने उदेश्यले परिक्षार्थीहरुबाट अबैद्य रुपमा उठाइएको २ लाख ४० हजार रुपैयाँ सुपरिवेक्षक मार्फत फिर्ता गराइएको हो । 


चिट चोरी गराउनो लागि उक्त कलेजका विद्यार्थीहरुसँग प्रति विद्यार्थी ६ हजारका दरले जम्मा रकम २ लाख ४० हजार रुपैयाँ  संकलन गरिएको थियोे ।


सो संकलन रकम बाहय सुपरिवेक्षक मुकेश शाहले परिक्षामा कडाईका साथ चिट चोरी हुन नदिएपछि सबै परिक्षार्थीहरुको रकम फिर्ता लिएको छ । 


परिक्षार्थीहरुको भनाइ अनुसार बाहय सुपरिवेक्षक मुकेश कुमर शाह परिक्षा हल भित्र कुनै किसिमको चोरी गर्न नदिएपछि परिक्षार्थीहरुबाट उठाएको रकम जम्मा रु. २, ४०००० कलेजका कर्मचारीले फिर्ता गरेको नाम नखोल्ने शर्तमा एक जना बिधार्थीले बताएका छन् ।


यो र यस्ता कार्य गलत कार्य हो,  यसको छानबिन गरि कार्वाही हुनुपर्छ । नेपालको सबै परिक्षा केन्द्रमा पहिलाको भन्दा धेरै नै सुधार गर्दै देश भरी परिक्षा संचालन भइरहेको छ । देश समृद्धि तिर अगाडि बढेको अवस्थामा देशको मेरुदण्डका रुपमा रहेको प्राबिधिक शिक्षा एक यस्तो शिक्षा हो जो काम गरेर खाने शिक्षा हो । त्यसैले अब प्राविधिक शिक्षाको गुणस्तर अझै अभिबृद्धि गर्नु अपरिहार्य भएकाले प्राविधिक शिक्षाको सैद्धान्तिक र प्रयोगात्मक पर्छ तथा परिक्षा प्रणालीमा व्यापक सुधारको अपरिहार्यता रहेको परिषदको सदस्य सचिब श्री पुष्परमण वाग्लेको विभिन्न समयको अभिव्यक्ति बाट समेत प्रष्ट भएको छ । बाहय सुपरिवेक्षक साहले भने । 

 

यस केन्द्रमा संचालित परिक्षामा मर्यादा कायम गराउनमा तथा व्यवस्थित तरिकाले परिक्षा सम्पन्न गर्न यस जिल्लाका प्र.जि.अ. द्रोण पोखरेल र प्रहरी उपरीक्षक पोषराज पोखरेलको विशेष सहयोग रहेको बाहय सुपरिवेक्ष साहले बताएका छन्  ।

 

 प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषद सिटिईभिटी परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर द्वारा गत कार्तिक ३० गतेबाट प्राबिधिक यस एल. सि. तहको परिक्षा केन्द्र सन्त अल्पमाइ नर्सिङ्ग कलेज मलंगवा, सर्लाहीमा संचालित परिक्षामा पनि विभिन्न चुनौतीको बावजुद्ध निस्पक्ष र मर्यादित, सुरक्षित अवतरणले परिक्षा संचालन हुँदा परिक्षार्थीहरुले अबदेखि यस्ता चिट चोरीको लागि रकम दिने कार्यमा नलाख्ने पछुतो गरे । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस