मोटरसाइकलको ठक्करबाट १ को मुत्यु !

२०७५ मङ्सिर ७ शुक्रबार
रति ८:१९ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, रामेछाप । मोटरसाईकलले ठक्क दिँदा रामेछापमा एक जनाको मृत्यू भएको छ । 


रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका– १ भैसेश्वरमा शुक्रबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट मन्थली नगरपालिका–६ हात्तिटारका ५५ वर्षिय काले माझीको मृत्यु भएको हो ।


ठक्कर पछि घाइते भएका माझीको तामाकोशी सहकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रबक्ता शेख अदालतले जानकारी दिए । मोटरसाइकल चालक गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वडा नं. ८ घर भइ हाल मन्थलीमा रहेको सेन्चुरी कर्मशियल बैंकमा कार्यरत थिए ।

 

 मोटरसाइकाल चालकको साथमा सवारी चालक अनुमती पत्र समेत नभएको प्रबक्ता अदालतले जानकारी दिए । चालक अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा

  • २०७५ मङ्सिर ७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । यो मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको जनकपुर स्थित मन्त्रालयमै रहेको सरकारी निवास हो । हरेक सरकारी भवनमाजस्तै यसमा पनि राष्ट्रिय झण्डा राखिएको छ । तर एक

पूरा पढ्नुहोस्

Bureau Menus