सुनसरी हत्याकाण्डः जल्न थाल्यो राजमार्ग !
दुहबी-सोनापुर सडकखण्डमा प्रदर्शन भइरहेको छ ।

२०७५ मंसिर ५ बुधबार, बिहान ११:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । बुधबार बिहानै सुनसरीकाे दुहबी नगरपालिका वडा नं. ९, छाताबेलीका स्थानीय नेता फिदा हुसेनलाई गाेली हानी हत्या गरिएपछि स्थानीयवासीहरूले कोशी राजमार्ग अन्तर्गत धरान-विराटनगर राेडकाे दुहबी-साेनापुर खण्डमा टायर बालेर सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् ।
साेनापुर, दुहबी र छाताबेलीकाे स्थिति तनावग्रस्त छ । सोही वडाका वडाध्यक्ष मेहदी हुसेनका भाई फिदा हुसेन अाज बिहानै मर्निङ्ग वाक गर्दै अाफू कार्यरत् ईटाभठ्ठातर्फ जाँदै गर्दा उनलाई दुई गाेली प्रहार गरिएकाे थियाे ।
अस्पताल लैजाँदै गर्दा उनकाे मृत्यु भएकाे थियाे । हत्याराकाे पत्ता लागेकाे छैन । प्रहरीले खाेजी कार्य जारी राखेकाे छ । केही दिनपहिले मात्र सुनसरीकाे भुटहामा स्थानीय समाजसेवी तथा राजनीतिकर्मी खुर्शिद अालमकाे गाेली हानी हत्या गरिएकाे थियाे ।
केही हप्ताकै अन्तरालमा भुटहा र छाताबेली जस्ताे ठूला दुई मुस्लिम बस्तीमा मुस्लिम समुदायकै स्थानीय नेताहरूकाे हत्याले थप प्रश्न उब्जाइदिएकाे छ । सुनसरी सुरक्षाकाे दृष्टिले असुरक्षित बन्दै गइरहेकाे देखिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…