सुनसरीमा दिनदहाडै गोली हानी १ को हत्या, दुहबी तनावग्रस्त !

बिहानै मर्निङ्ग वाकमा गएकाे बेला उनलाई दुई गाेली प्रहार गरिएकाे हो ।

२०७५ मङ्सिर ५ बुधबार
बिहान ०९:३० बजे
चन्दन रौनियार | सुनसरी संवाददाता
Pic: Google

न्यूज ब्यूरो, सुनसरी । सुनसरीमा बुधबार बिहानै गोली हानी एकजनाको हत्या भएको छ । सुनसरीकाे दुहबी नगरपालिका वडा नं. ९ छाताबेलीका फिदा हुसेनलाई गाेली हानी हत्या भएको हो ।

 

स्थानीयवासीहरूका अनुसार उनी अाज बिहानै मर्निङ्ग वाकमा गएकाे बेला उनलाई दुई गाेली प्रहार गरिएकाे थियाे । घटना स्थलमै उनकाे मृत्यु भएकाे छ । हत्याराकाे भने पत्ता लागेकाे छैन ।

 

मृतक फिदा हुसेन साेही वडाका वडाध्यक्ष मेहदी हुसेनका भाइ हुन् । दिनदहाडै गोली हानी हत्या भएपछि दुहबीको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७५ मङ्सिर ५ बुधबार

Bureau Menus

} }