सुनसरीमा दिनदहाडै गोली हानी १ को हत्या, दुहबी तनावग्रस्त !
बिहानै मर्निङ्ग वाकमा गएकाे बेला उनलाई दुई गाेली प्रहार गरिएकाे हो ।

२०७५ मंसिर ५ बुधबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीमा बुधबार बिहानै गोली हानी एकजनाको हत्या भएको छ । सुनसरीकाे दुहबी नगरपालिका वडा नं. ९ छाताबेलीका फिदा हुसेनलाई गाेली हानी हत्या भएको हो ।
स्थानीयवासीहरूका अनुसार उनी अाज बिहानै मर्निङ्ग वाकमा गएकाे बेला उनलाई दुई गाेली प्रहार गरिएकाे थियाे । घटना स्थलमै उनकाे मृत्यु भएकाे छ । हत्याराकाे भने पत्ता लागेकाे छैन ।
मृतक फिदा हुसेन साेही वडाका वडाध्यक्ष मेहदी हुसेनका भाइ हुन् । दिनदहाडै गोली हानी हत्या भएपछि दुहबीको अवस्था अहिले तनावग्रस्त बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…