लहानमा दोश्रो पटक 'साईन्स एण्ड अार्ट मेला'

विद्यार्थीहरु भित्र रहेका प्रतिभालाई प्रषटफूटन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको ।

२०७५ मङ्सिर ३ सोमबार
रति ८:३८ बजे

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानमा साईन्स एण्ड अार्ट मेला हुने भएको छ । जिल्ला भित्र रहेका विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीहरु भित्र रहेका प्रतिभालाई प्रष्टफूटन गर्ने उदेश्यले साईन्स एण्ड अार्ट मेला समूह र नव जागरण युवा समाजको संयुुक्त आयोजनामा २ दिने कार्यक्रम हुन लागेको हो ।

 

कार्यक्रम विगतका वर्ष झै लहानको अस्पताल चोकस्थित प्यारागन पब्लिक स्कूलको प्राङ्गणमा यहि मंसिर ५ र ६ गते गर्न लागेको कार्यक्रमका संयोजक सन्तोष यादवले जानकारी दिए । 

 

कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई सहभागी गराउने आयोजकले जनाएको छ । उपस्थित विद्यार्थीहरुले कार्यक्रममा आ-आफ्नो कला र प्रतिभा प्रस्तुत गर्नेछन् ।

 

कार्यक्रममा विद्यार्थीले विज्ञान, समाजिक, वातावरण र आफूभित्र रहेको कला मध्ये रोजेको विषयमा भाग लिन सक्नेछन् । 

 

इमेजिन, ईन्भेन्ट, ईन्सपायर भन्ने मुल नाराका साथ विगत ३ वर्षदेखि विभिन्न ठाउँमा यो कार्यक्रम हुँदै आएको छ । लहानमा भने दोश्रो पटक हो । गतको वर्षको कार्यक्रममा ५०० बढी विद्यार्थी सहभागी भएका थिए । यस वर्षको कार्यक्रममा ६०० बढी विद्यार्थीहरुको सहभागीता हुने आकडा गरिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७५ मङ्सिर ३ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus

} }