मधेसमा मँसिर ५ गते सार्वजनिक विदाको घोषणा

पैगम्बर मोहम्मदको जन्मदिनलाई पारेर एक दिने विदाको घोषणालाई स्वागत गरिएको छ । 

२०७५ मङ्सिर ३ सोमबार
बेलुकी ७:२३ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले मँसिर ५ गते बुधबार सार्वजनिक विदाको घोषणा गरेका छन् ।

 

मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा एक दिने सार्वजनिक विदाको घोषणा गरिएको हो । प्रदेश सरकारले एक प्रेस विज्ञप्ति जारी गर्दै एक बुधबार एक दिने सार्वजनि विदाको निर्णय गरेको हो । 

 

 

प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मधेसमा मनाईने विभिन्न चाडपर्वलाई ध्यानमा राख्दै प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गर्दै आएको हो । पैगम्बर मोहम्मदको जन्मदिनलाई पारेर एक दिने विदाको घोषणालाई स्वागत गरिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७५ मङ्सिर ३ सोमबार

Bureau Menus

} }